श्रावण ३, २०८२ शनिबार July 19, 2025

विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सिमित राख्ने गल्ती नगरौं

शिक्षासँंग सरोकारवालाहरुले शिक्षालाई व्यवहारसँंग जोडनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर, १७ माघ। विद्यार्थीलाई पाठ्यपुस्तकमै सिमित राख्न नहुने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। एभरेस्ट स्कुलमा बुधबार भएको इसीए (अतिरिक्त क्रियाकलाप) अवार्ड डिष्टिव्युसन तथा वार्षिक सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै शिक्षासँंग सरोकारवालाहरुले शिक्षालाई व्यवहारसँंग जोडनुपर्नेमा जोड दिए।

पाठ्यपुस्तकका साथै उनीहरूलाई अन्य विभिद् जीवनउपयोगी शिक्षा दिनु आवश्यक भएको उनीहरूले बताए।

शिक्षासेवी एवम् पूर्वप्रधानाध्यापक रामगोपाल कर्माचार्यले विद्यार्थीलाई स्कुलमा शिक्षाका साथसाथै जीवन आइपर्ने अनेक समस्याहरूसँंग जुध्नसक्ने गरी तयार पार्नुपर्नेमा जोड दिए। स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले आजका विद्यार्थीलाई दिइएको शिक्षा अनुसार नै भोलि उनीहरू त्यही रपमा अगाडि आउने भन्दै शिक्षाका साथसाथै अनेक क्रियाकलापबाट विद्यार्थीलाई दक्ष बनाउने उद्देश्य आफूहरुको रहेको बताए।

कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी भई उत्कृट हुन सफल दुई सय ३६ जना विद्यार्थी पुरस्कृत भएका थिए। साथै विद्यार्थीले दिनभर सांस्कृतिक कार्यक्रमहरू पनि देखाएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार