श्रावण ३, २०८२ शनिबार July 19, 2025

लेखा विषय पढ्न नपाएको भन्दै विद्यार्थी आन्दोलित

कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले कक्षा सञ्चालन नभएको भन्दै विद्यालयको प्रशासन र प्रधानाध्यापकको कक्षमा ताला लगाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भैरहवा, १७ माघ ।  रुपन्देहीको सिद्धार्थनगर ६ मा अवस्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयमा विद्यार्थीहरुले ताला लगाएका छन् ।  कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले लेखा विषयको कक्षा सञ्चालन नभएको भन्दै विद्यालयको प्रशासन र प्रधानाध्यापकको कक्षमा ताला लगाएका हुन् ।

प्रावि तहमा दरबन्दी रहेका शिक्षक सदरे आलम अवकास प्राप्त भएदेखि भदौदेखि लेखा विषय पढ्न नपाएको भन्दै विद्यार्थीहरुले सामुहिक रुपमा ताला लगाएका हुन् । लामो समयदेखि विद्यालयमा लेखा विषयको शिक्षक नहुँदा पठनपाठन नभएकोले नजिकिदै गरेको फाइनल परिक्षा कसरी दिनमा चिन्तित रहेको विद्यार्थीहरुले भने ।

पटक–पटक माग राख्दा समेत पहल नभए पछि हाम्रो भविष्य नै अन्योल हुने देखिएकोले प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेको विद्यार्थीहरुले बताए । हाम्रो भविष्य माथिनै खेलवाड भइरहेको छ विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन वा सरोकारवाला निकायले चासो दिनुपर्ने उनीहरुले भने ।

शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित हुँदै गएको र आउने परीक्षामा के लेख्ने कसरी पास हुने भन्नेमा विद्यार्थी चिन्तित छन् । फाइनल परीक्षा नजिकिँदै गर्दा समेत विद्यालय व्यवस्थापन समितिले विषय शिक्षक उपलब्ध नगराएको कारण पढाई हुन सकेको छैन ।

कक्षा ९ मा ३७ जना र कक्षा १० मा ४३ जना विद्यार्थी भर्ना भएको अधिकांस विद्यार्थी लेखा विषय ऐच्छिकमा लिएर पढ्दै आएका थिए । अहिले कक्षा ९ मा २९ जना र कक्षा १० मा २६ जना विद्यार्थी ले लेखा विषय शिक्षक नभएकै कारण पढ्न पाएका छैनन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेश यादवले विद्यार्थीको पढाइ प्रभावित भएको कुरा सम्बन्धित ठाउँमा अवगत गराएका बताए ।

विद्यालयमा भदौसम्म केही पाठहरु मात्रै पढेका विद्यार्थीहरुले त्यसयता कुनै पनि लेखा विषयको कक्षा लिएका छैनन् । विद्यालयको व्यवस्थापन समितिले विषय शिक्षक नभएपछि सिताराम कोइरी र नारायण ज्ञवालीलाई अध्यापनका लागि सहमति दिएको थियो । २०८० पुस १४ गते सहमति दिए पनि अन्तरजिल्ला भएको कारण उनीहरुले नआएपछि विद्यालय व्यवस्थापन समितिले जिल्लाकै वीरेन्द्र यादवलाई सहमति दिएको थियो । विद्यालय व्यवस्थापन समितिमा सदस्यको रुपमा वडाध्यक्ष समेत रहने भएको यादवको सहमतिमा सिद्धार्थनगर नगरपालिका वडा नं. ६का वडाध्यक्ष विरेन्द्र श्रीवास्तवको हस्ताक्षर नभएकोले उनी आउन सकेका थिएनन् ।

विद्यालयका प्राधानाध्यपक प्रविन श्रीवास्तवका अनुसार व्यवस्थापन समितिले पुनः २०८० माघ १५ गते बैठक बसी सहमतिका लागि निर्णय गरेको बताए । नगरपालिकाको शिक्षा शाखाको कारण शिक्षक आउनमा ढिलाई भइरहेको छ । विद्यालयमा माध्यमिक तहको विज्ञान र निम्न माध्यमिक तहको नेपालीको शिक्षक पनि काज सरुवा भई गएपनि ति ठाँउमा थप शिक्षक आएका छैनन् ।

सिद्धार्थनगर शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले  महात्मा बुद्ध माध्यमिक विद्यालयमा लेखा विषयको पढाइ भदौदेखि नभएको भन्ने कुनै जानकारी नभएको बताए । यता विद्यालयले बैठक र पत्रमार्फत शिक्षकको माग गरेको दाबी गर्दै आएका छन् । शैक्षिक सत्रको सकिन लाग्दा, परीक्षा नजिकिँदै गर्दा भने विद्यार्थीमा शिक्षक आउला नआउला भन्नेमा अन्योलता छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार