कार्तिक २२, २०८३ आइतबार November 8, 2026

नर्सिङ परिषद्को लाइसेन्स परीक्षा चैत ३ गते

पीसीएल नर्सिङ वा बीएससी नर्सिङ उत्तीर्ण गरेका परीक्षार्थीहरूले आवेदन दिन पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ : नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा चैत ३ गते सञ्चालन गर्ने भएको छ । पीसीएल नर्सिङ वा बीएससी नर्सिङ उत्तीर्ण गरेका परीक्षार्थीहरूले आवेदन दिन सक्ने जनाएको छ ।

परीक्षामा सहभागी हुनका लागि आवश्यक सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्र फागुन २१ गतेसम्म नतिजा प्रकाशित भई जारी भएको हुनुपर्ने जनाएको छ । आवेदन माघ २१ देखि फागुन २१ गतेसम्म बुझाउनु पर्ने छ भने दोब्बर दस्तुरमा फागुन २२ देखि २४ गतेसम्ममा अनलाइन आवेदन फाराम भरेर बुझाउनु पर्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया