श्रावण १, २०८२ बिहिबार July 17, 2025

आन्दोलनका कारण पठनपाठन प्रभावित बनेपछि विद्यार्थीले शुरु गरे अनशन

पठनपाठन नियमित गर्न विद्यार्थीको अनसन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण पठनपाठन प्रभावित बनेपछि विद्यार्थीहरु अनशनमा बसेका छन् ।

पढ्न पाउने संवैधानिक अधिकार हनन् नगर्न र यथाशीघ्र पढाइ सुरु गर्न माग गर्दै विद्यार्थीहरू २४ सै घण्टा रिले अनशनमा छन् । ‘विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा’ नारासहित जारी रिले अनशनमा बसेका विद्यार्थीहरूको पूर्ण क्षमतामा पठनपाठन र परीक्षाका गतिविधि चाँडै सञ्चालन गरिनुपर्ने एक सूत्रीय माग छ ।

मेडिकल शिक्षा जस्तो मानव स्वास्थ्यसँग जोडिने संवेदनशील विषयमा गम्भीर बन्न आग्रह गर्दै एक सातादेखि रिले अनशन जारी रहे पनि कतैबाट सुनुवाइ नभएको प्रतिष्ठानस्थित विद्यार्थी कल्याण समाजका अध्यक्ष डा ओम शान्ति रजकले बताए । प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सक विगत २५ दिनदेखि बढुवा माग गर्दै आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानको स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम प्रभावित बनेको छ । आन्दोलनका कारण विद्यार्थीको पढाइ र परीक्षामा समेत असर पर्ने भएपछि ध्यानाकर्षण गराउन रिले अनशन जारी राखिएको समाजका अध्यक्ष डा रजकले बताए । ‘हामी एक हप्ताअघि देखि अनशनमा बसेका छौं तर कतैंबाट सुनुवाइ भएको छैन ।’ उनले भने,‘पठनपाठन सुरु नभए हामी आमरण अनशन बस्न बाध्य हुनेछौँ ।’

प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सक लामो समयदेखि आफ्नो बढुवा नभएको भन्दै पटक–पटक आन्दोलनमा उत्रिएका छन् । गत कात्तिकमा पनि करिब एक महिना आन्दोलनका कारण प्रतिष्ठानको स्वास्थ्य र शैक्षिक गतिविधि प्रभावित बनेपछि कात्तिक २० गते धरानका राजनीतिक दलको रोहबरमा प्रतिष्ठान प्रशासन र आन्दोलनकारी विच वार्ता भएको थियो ।

वार्तामा लोकसेवा आयोगसँग परामर्श लिएर पुस २ गतेदेखि बढुवाका लागि प्रक्रिया अगाडि बढाउने सहमति भएपछि आन्दोलन अन्त्य भएको थियो । तर सहमतिअनुसार प्रक्रिया अघि नबढेको भन्दै शिक्षक, कर्मचारी तथा चिकित्सक पुनः आन्दोलनमा उत्रिएका कारण पठनपाठन र स्वास्थ्य सेवामा प्रभाव परिरहेको छ ।

लोकसेवा आयोगले कानुनबमोजिम प्रतिष्ठानको नियमावली संशोधन गरेर मात्र नियुक्ति तथा बढुवा प्रक्रिया अघि बढाउन पटक–पटक निर्देशन दिएको छ तर प्रतिष्ठानकै ढिलासुस्तीका कारण नियमावली संशोधन हुनसकेको छैन ।

उच्च अदालत विराटनगरले समेत लोकसेवा आयोगको उपस्थितिबिना बढुवा प्रक्रिया अघि नबढाउन आदेश दिएको छ । आन्दोलनमा उत्रिएका शिक्षक, कर्मचारी भने तुरुन्तै बढुवा प्रक्रिया अघि बढाउन माग गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्प कमल दाहालले यसअघि नै प्रतिष्ठानको समस्या समाधान गर्न प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई निर्देशन दिइसकेका छन् ।

स्वास्थ्यमन्त्री बस्नेतले प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीलाई सञ्चालक परिषद् (सिनेट) बैठक राखेर समस्या समाधान गर्न आग्रह गरेका छन् ।     कामु उपकुलपति कार्कीले कार्यकारिणी समिति (कास) बैठक राख्ने प्रयास गरे पनि आन्दोलनकारीले सुरुमै बढुवा प्रक्रियाको ग्यारेन्टी माग्दै आन्दोलन जारी राखेपछि समस्या समाधान हुनसकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार