श्रावण १, २०८२ बिहिबार July 17, 2025

गार्गी कन्या गुरुकुलको अक्षयकोषका लागि महायज्ञ

सप्ताह ज्ञान महायज्ञ तथा अक्षयकोषका लागि आज मात्रै रु ३५ लाख दाताबाट सङ्कलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि सप्ताहज्ञान महायज्ञ गर्ने भएको छ । गुरुकुललाई दिगो रूपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठान काठमाडौँले श्रीमद् भागवत महापुराण गर्ने भएको हो ।

आगामी फागुन १ गतेदेखि ९ गतेसम्म पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा उक्त सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको काठमाडौँस्थित राम मन्दिरमा आज बसेको बैठकमा आयोजक समितिका संयोजक डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गुरुकुललाई दिगो रूपमा सञ्चालन गर्न, गुरुकुलका बालिकालाई शिक्षाको महत्व बढाउन अक्षयकोषका लागि हामीले श्रीमद् भागवत महापुराण गर्न लागेका छौँ । सप्ताहव्यापी महायज्ञले राम्रो सफलता पाउने छ ।” उक्त महायज्ञका लागि कुल पाँच सय एकजनाको मूल आयोजक समिति बनाइएको छ । बाँकी विभिन्न उपसमिति बनाउने तयारी भएको आजको छलफल कार्यक्रममा जानकारी दिइएको थियो ।

कन्यालाई संस्कारसहितको वैदिक शिक्षा प्रदान गरी विदुषी नारी शक्तिका रुपमा उत्पादन गर्ने उद्देश्यका साथ पुण्यसलिला नारायणी नदीको पावनतट देवघाट धाममा गार्गी कन्या गुरुकुल सञ्चालन भइरहेको छ ।

नेपालको पहिलो तथा समावेशी गुरुकुलको रूपमा रहेको उक्त गुरुकुलमा सरकारी निकायबाट स्वीकृति प्राप्त गरी हाल माध्यमिक तह कक्षा ६ देखि १२ सम्मको औपचारिक कक्षा सञ्चालन भइरहेको गुरुकुलका सहप्राध्यापक डा मन काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुकुलमा देशका ४७ जिल्लाबाट ८० जना बालिकाले आवासीय सुविधासहित निःशुल्क शिक्षा प्राप्त गरिरहेका छन् ।

बालविवाह अन्त्य गर्न, छोरीलाई शिक्षित बनाएर चेतना बढाउने उद्देश्यले नेपालमा गुरुकुलको आवश्यकता देखिएपछि गुरुकुल स्थापना गरिएको महायज्ञ आयोजना समितिका सहसंयोजक टेकनाथ पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गुरुकुल शिक्षा पद्धतिबाट कसैलाई पनि विभेद गरिँदैन । यसले छोरीमा शिक्षाको स्तर वृद्धि गर्नुका साथै बालविवाहको अन्त्य गर्न भए पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।”

उक्त सप्ताह ज्ञान महायज्ञ तथा अक्षयकोषका लागि आज मात्रै रु ३५ लाख दाताबाट सङ्कलन भएको सहसंयोजक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विजया गोयलबाट रु १० लाख, महेशकुमार पोदारबाट रु एक लाख एक हजार एक सय ११, भगवती उपाध्यायबाट रु पाँच लाख, शिखर इन्स्योरेन्सबाट रु तीन लाख, सन नेपाल इन्स्योरेन्सबाट रु दुई लाख, नेको इन्स्योरेन्सबाट रु एक लाख ५१ हजार, रिलाइबल नेपाल लाइफ इन्स्योरेन्सबाट रु पाँच लाख, लक्ष्मी बैङ्क रु दुई लाख, सुशीला कोइरालाबाट रु एक लाख, रामप्रसाद बस्तीबाट रु ५१ हजार, सोनाली काफ्ले ढुङ्गेल र सास्वत ढुङ्गेलबाट रु एक लाख ५० हजार, निर्मला पोख्रेलबाट रु एक लाख ११ हजार, मन्दिरा पौडेलबाट रु ५० हजार, कल्याणी काफ्लेबाट रु ५० हजार तथा इन्दिरा मल्लबाट रु १० हजार अक्षयकोषका लागि रकम प्रदान गरिएको छ ।

नेपालमा हाल कुल एक सय ५० वटा गुरुकुल सञ्चालनमा रहे पनि चितवन र तनहुँमा रहेका दुई गुरुकुलमा मात्रै बालिकाहरू पढ्ने गरेको आजको बैठकमा जानकारी दिइएको थियो । संस्कृति तथा संस्कृत शिक्षा सबैले पढ्न पाउनुपर्छ भन्ने मान्यताका साथ स्थापना भएका गुरुकुलमा सबै जातजातिका बालिकाले पढ्न पाउने व्यवस्था मिलाइएको सहप्राध्यापक डा काफ्लेले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार