श्रावण १, २०८२ बिहिबार July 17, 2025

आदर्श माविका छात्राहरूलाई विद्यालयमै चेन्जिङ रुम

महिनावारी भएको समयमा समस्या खेप्दै आएका छात्राहरूलाई चेन्जिङ रुम तयार भएसँगै सहज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर, २६ माघ । मोरङको रंगेली-७ मा रहेको आदर्श माध्यमिक विद्यालयले छात्राहरूलाई विद्यालयमा नै चेन्जिङ रुमको व्यवस्थापन गरेको छ।

महिनावारी भएको समयमा समस्या खेप्दै आएका छात्राहरूलाई चेन्जिङ रुम तयार भएसँगै सहज हुने भएको छ। यसअघि महिनावारीको समयमा स्यानीटरी प्याड परिवर्तनका लागि छात्राहरूले सास्ती व्यहोर्दै आएको छात्रा राजमणि शाहले बताइन्। आफैँ पनि कतिपय अवस्थामा विदा लिएर घरमा बसेको सुनाउँदै शाहले अब छात्राहरूको पढाइमा समेत असर नपर्ने भन्दै खुसी व्यक्त गरिन्।

चेन्जिङ रुमको तयारी भएसँगै पढाइको समयमा महिनावारी भएमा प्याड परिवर्तन गर्न, असक्त भएमा आराम गर्न सकिने विद्यालयका प्रधानाध्यापक विशेश्वर सिंह मेवाहाङले बताए। उनका अनुसार चेन्जिङ रुममा स्यानेटरी प्याड, बुक कर्नर, छात्राहरूका लागि अन्य आवश्यक कुरा समेत राखिने छ। यससँगै छात्राहरूका लागि नुहाउने सावरसहितको बाथरुमसमेत निर्माण गर्ने तयारी विद्यालय रहेको छ।

आज एक औपचारिक कार्यक्रमका बिच रंगेली नगरपालिका उप प्रमुख भूमा पराजुलीले सो चेन्जिङ रुमको उद्घाटन गरेका हन्। पालिकामा भएका अन्य विद्यालयमा समेत चेन्जिङ रुमको व्यवस्थापन गर्न नगरपालिका लागिपरेको पराजुलीले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार