असार १२, २०८३ शुक्रबार June 26, 2026

राष्ट्रिय सभामा मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ आज सम्बन्धित मन्त्रीहरुले दिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ आज सम्बन्धित मन्त्रीहरुले दिँदैछन् । बिहान ११ बजे बस्ने बैठकमा आज २१ वटा मन्त्रालयका शीर्षकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफको कार्यसूची बिहीबारलाई राखिएको छ । अर्थात, आज प्रधानमन्त्री बाहेकका मन्त्रीहरुले जवाफ दिनेछन् ।

बुधबार कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची छ ।

यसैगरी अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयको शीर्षकहरूमाथि छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया