श्रावण १, २०८२ बिहिबार July 17, 2025

निमावि तहमा ७७८ शिक्षकका लागि विज्ञापन खुल्यो

दोब्बर दस्तुरमा चैत ८ गतेसम्म दरखास्त बुझाउन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) का लागि ७७८ शिक्षकका लागि विज्ञापन आह्वान गरेको छ । निमावि तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगिताम्क परीक्षाबाट स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

आयोगले फागुन १ गतेको निर्णयअनुसार सातै प्रदेशमा विभिन्न विषयका लागि शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न आवेदन आह्वान गरेको हो । आयोगले नेपाली विषयका लागि ११७ शिक्षकको माग गरेको छ । त्यस्तै अंग्रेजीका लागि १७६, गणितका लागि १२८, विज्ञानका लागि १६३ जना, सामाजिक विषयका लागि १२२ जना, गणित–विज्ञानका लागि ६५ जना, शुल्क यजुर्वेद र कम्प्युटर विज्ञानका लागि १-१ जना र संस्कृत भाषाका लागि ५ जनाको विज्ञापन गरेको हो ।

इच्छुक उम्मेदवारहरूले आजदेखि चैत १ गतेसम्म अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुरमा चैत ८ गतेसम्म दरखास्त बुझाउन सकिनेछ ।

लिखित परीक्षा (सामान्य) को ८ बैशाख २०८१ मा हुनेछ । भने विषयगतको लिखित परीक्षा सामान्यको नतिजा प्रकाशित भएपछि हुनेछ । अन्तर्वार्ता लिखित परीक्षा (विषयत) को नतिजा प्रकाशित भएपछि  तोकिने आयोगले जनाएको छ ।

परीक्षा केन्द्रको हकमा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको कैलालीमा हुनेछ । आवेदकको संख्या बढी भएर उक्त जिल्लामा परीक्षा व्यवस्थापन गर्न नसकिने भएमा आयोगले निर्णय गरी अन्य जिल्लाहरूमा पनि परीक्षा केन्द्र तोक्न सकिने आयोगले जनाएको छ ।

आवेदनका लागि ७०० रूपैयाँ दस्तुर तोकिएको छ । भने समावेशी समूहका लागि थप ५०० रूपैयाँ शुल्क लाग्नेछ । निमाविको लागि आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा (कक्षा १२) वा सो सरहको परीक्षा (कम्तिमा २०० पूर्णाङ्क वा ८ क्रेडिट आवर) उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको हुनुपर्नेछ ।

कुनै उम्मेदवारले २०० पूर्णाङ्कको शिक्षासम्बन्धी विषय लिई माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा प्रवीणता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तीर्ण गरेको भए तालमि प्राप्त गरेको मानिने आयोगले जनाएको छ ।

सामाजिक अध्ययन विषयअन्तर्गत अर्थशास्त्र, इतिहास, ग्रामीण विकास, भूगोल, नागरिकशास्त्र, राजनीतिकशास्त्र, दर्शनशास्त्र, नीतिशास्त्र, मनोविज्ञान मानवशास्त्र, वातवरण शिक्षा, स्वास्थ्य शिक्षा, शारीरिक शिक्षा, संस्कृति, समाजशास्त्र, जनसंख्या शिक्षा र स्वास्थ्य तथा शारीरिक शिक्षा विषयहरू पर्ने आयोगले जनाएको छ ।

गणित–विज्ञान विषयको हकमा गणित र विज्ञान दुवै विषयमा २००-२०० पूर्णाङ्क लिई कक्षा १२ पास गरेको हुनुपर्नेछ । निमावि तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको व्यक्ति हुनुपर्नेछ ।

Teacher

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार