कार्तिक २९, २०८३ आइतबार November 15, 2026

गोरखाको बिश्वेश्वर मन्दिर पुनर्निर्माणमा लापरवाही, बुट्टा भएको टुँडाल गायव

मन्दिरमाथि झिँगटी छाउँदा चार कुनामा कुखुराको भाले आकारको संरचना बनाएको प्रति पनि स्थानीयको असन्तुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गोरखाको पालुङटार नगरपालिका–१० मिरकोटको लाजिकोटस्थित बिशेश्वर महादेव मन्दिर पुनर्निर्माणमा लापरवाही भएको पाइएको छ । करिव चार सय बर्ष पुरानो उक्त मन्दिर पुनर्निर्माण गर्दा ऐतिहासिक स्वरुप र संरचना परिवर्तन भएको भन्दै स्थानीयले असन्तुष्टी जनाएका छन् ।

यसअघि मन्दिरको ऐतिहासिक बुट्टा भएको टुँडाल समेत गायव बनाइएको मन्दिरका पुजारी छविलाल गिरीले बताउनुभयो । पुननिर्माणको क्रममा मन्दिरको ऐतिहासिक स्वरुप नै गुमेको भन्दै उहाले चिन्ता समेत व्यक्त गर्नुभयो ।

मन्दिरमाथि झिँगटी छाउँदा चार कुनामा कुखुराको भाले आकारको संरचना बनाएको प्रति पनि स्थानीयले असन्तुष्टी जनाएका छन् । बिश्वेश्वर महादेवलाई भालेश्वर बनाएको भन्दै स्थानीय हरिमाया थापाले भोग नदिने ठाउँमा किन कुखुराको भाले बनाएको भन्दै प्रश्न गर्नुभयो । पुनर्निर्माण हुनुअघि यस्तो संरचना नरहेको भन्दै उनले थपिएको उक्त संरचनाले मन्दिरको स्वरुप नै बिग्रिएको बताउनुभयो ।

यता वडाध्यक्ष रिखिराज धौरालीले पनि सो कुरामा सहमत जनाउँदै मन्दिर पुनर्निर्माणमा लापरवाही भएको बताउनुभयो । मन्दिर पुनर्निर्माणको क्रममा चुना सुर्की कम, माटो बढी प्रयोग भएको उहाले जानकारी दिनुभयो । पुराना काम नलाग्ने झिंगटी समेत प्रयोग गरेकाले बिरोध स्वरुप काम पनि रोकिदिएको उहाले बताउनुभयो ।

२०७२ सालको भूकम्पले क्षति पुगेको उक्त मन्दिर गोरखा संग्रहालयले हेर्ने गरी २०७८ साल असार १३ गते ठेक्का सम्झौता भएर काम अघि बढेको हो । तत्कालिन समयका गोरखा संग्रहालय प्रमुख नवराज अधिकारीले पुननिर्माणको जिम्मा छायाश्वरी न्यू केपी जेभीले पाएको बताउनुभयो । उक्त मन्दिर पुननिर्माणका लागी ९० लाख रकम विनियोजन भएको थियो ।

करिव डेढ बर्षमा पुरानौ स्वरुप र शैलीमा उक्त मन्दिर पुननिर्माण भएको उहाले जानकारी दिनुभयो । यसअघि मन्दिरको बुट्टा भएका टुँडालहरु हटाएर किन सादा टुँडाल राखियो भन्ने प्रश्नको उत्तर दिदै उहाले भूकम्पअघि स्थानीय आफैले मन्दिर मर्मत गर्दा टुँडाल काटेर सानो बनाएकाले फिट नभएको बताउनुभयो । उक्त टुँडालहरुलाई आवश्यक ट्रिटमेन्ट सहित पुरानै बुट्टा भरेर प्रतिस्थापन गदै लाने योजना सहति सम्बन्धित वडा कार्यालयको सिफारिसमा पुरातत्व बिभागको निर्णय गराइरु गोरखा संग्रहालय परिसरमा राखिएको उहाले जानकारी दिनुभयो । कुखुरा भाले बनाएको बिषयलाई सामान्य रुपमा लिदै उहाले पुननिर्माण हुनुअघि पनि त्यहाँ भालेको जस्तै संरचना रहेको दावी गर्नुभयो । तर स्थानीयले भने यसअघिको संरचनामा कुखुराको भाले नरहेको बताउँदै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
२०८३ कार्तिक २९, आइतबार
Chhath festival: President Paudel offers worship at Guhyeshwari
२०८३ कार्तिक २९, आइतबार
एनपिएलमा इतिहासकै सर्वाधिक योगफल, काठमाडौंलाई २२५ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार