असार २०, २०८२ शुक्रबार July 4, 2025

संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट आज पारित हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रियसभाले बिहीबार संविधान संशोधन विधेयक पारित गर्दैछ । तल्लो सदन प्रतिनिधिसभाबाट जेठ ३१ गते सर्वसम्मतिका आधारमा पारित भएको विधेयकमाथि त्यसको भोलिपल्ट राष्ट्रियसभामा छलफल भएको थियो ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७’ टेबुल गरेपछि जेठ ३२ गते आइतबार राष्ट्रियसभाको दोस्रो बैठकमा विधेयकमाथि छलफल भएको थियो । सोही दिन नै सैद्धान्तिक छलफल सकेर संशोधनका लागि ७२ घण्टाको समय दिइएको थियो ।

७२ घण्टाको समय सकिएपछि राष्ट्रियसभाले बिहीबार विधेयक पारित गर्ने तयारी गरेको हो । राष्ट्रियसभामा पनि विधेयक दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने छ ।

सरकारले लिपुलेक–लिम्पियाधुरासहितको भू–भाग समेटेर जारी गरेको नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका लागि संविधान संशोधन विधेयक पेश भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार