असार २, २०८३ मंगलबार June 16, 2026

पैसालाई यसरी कोरोना संक्रमणरहित बनाउन सकिन्छ, जानीराखाैं ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: के तपाईलाई थाहा छ? पैसाबाट कोरोना भाइरस सर्ने सम्भावना धेरै हुन्छ। पैसा नभए हाम्रो घर व्यवहार चल्दैन। जहाँ जानुस् पैसा छैन भने कुनै काम बन्दैन। तर हामीले ख्याल गर्नैपर्छ कि पैसाबाट पनि विभिन्न सङ्क्रमण फैलिने गर्छन्।

दैनिकरुपमा प्रयोग गर्ने पैसा हामीले सोंचेभन्दा बढी फोहर हुन्छ। एउटा नोटमा सयौँ किसिमका ब्याक्टेरिया, फङ्गस तथा भाइरस हुन्छन। पैसा अन्यन्तै क्रियाशील हुने र जसको हातमा पनि पुग्ने भएकाले पैसा विभिन्न रोगको संवाहक हुनसक्छ। कागज तथा कटनको नोटमा भन्दा पोलिमर नोटमा जीवाणु कम समय रहन्छन्। नोटभन्दा ‘क्वाइन’मा भाइरस तथा ब्याक्टेरिया धेरै समय रहन्छ। नोटमा दुई दिनसम्म र क्वाइनमा लामो समयसम्म भाइरस रहन सक्छ।

स्विस अध्ययनले पैसामा १२ दिनसम्म जीवाणु रहनसक्ने बताएको छ। क्यासको विकल्पका रुपमा कार्ड प्रयोग गरिने अभ्यास छ। कार्ड पनि सङ्क्रमित हुनसक्छ। पैसाका माध्यमबाट कोभिड-१९ सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो। पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो।

यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ। न्युयोर्क युनिभर्सिटिले गरेको एक अध्ययनअनुसार पैसामा पनि ‘सुक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ। चिकित्सकले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन्। नेपालको पैसामा अनुसन्धान भएको पनि छैन। तर यसबारे हामी सजक रहनुपर्छ।

पैसामा तीन हजारभन्दा बढी प्रकारका किटाणु जस्तै भाइरस, ब्याक्टेरिया, सामान्य किटाणु, ढुसी देखा परेका छन्। त्यस अध्ययनमा बैंकबाट निकालिएको पैसामा आठ प्रकारका ब्याक्टेरिया देखिएका थिए। अध्ययनअनुसार तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोलपम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ। विभिन्न किसिमका प्राणघातक सरुवा रोगको व्याक्टेरियाले पैसामा सङ्क्रमण भएको पुष्टि गरेको छ।

संयुक्त राज्य अमेरिकाको पैसामा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेशनल’ले प्रमाणित गरिसकेको छ। हेपाटाइटिस सीको स्रोतका रुपमा कोकेनलाई लिइन्छ। यसैगरी दक्षिण अफ्रिकाको पैसामा पनि ९० प्रतिशत विभिन्न किसिमका प्राणघातक ब्याक्टेरिया तथा ढुसीबाट दूषित भएको पाइएको छ। मास्टर कार्डका अनुसार शौचालय र जुत्ताको तलुवाभन्दा पैसा बढी फोहर भएको परीक्षणका क्रमममा पाइएको थियो।

कोरोना भाइरसले विश्वव्यापीरुपमा प्रभाव जमाउँदै गएसँगै विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समेत कारोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ।

पैसामा ब्याक्टेरिया कसरी विकसित हुन्छन् ? 

विभिन्न कारणबाट पैसामा ब्याक्टेरियाका फैलावट हुने इञ्जिनीयर राम बाडेले बताए। पैसाको प्रयोग गर्दा जथाभावी कच्याककुचुक गरी राख्ने गरेमा अझ बढी ब्याक्टेरिया भाइरस फैलने सम्भावना ज्यादा हुन्छ। ‘दैनिकरुपमा पैसा एक हातबाट अर्को हात हुँदै अत्यधिक आदानप्रदान हुनु भनेकै एक व्यक्तिको रोग अर्को व्यक्तिमा सार्ने जस्तै हो’, उनले भने ‘जति बढी पैसाको प्रयोग आउँछ उति नै बढी प्रदूषण फैलने सम्भावना हुन्छ।’ दैनिकरुपमा प्रयोगमा आएका पैसामा मानिसहरुको थुक, दिशा पिसाब, खोकी तथा हाच्छ्युँ आदिबाट समेत दूषित हुन्छ। नेपाली पैसाको प्रदूषणस्तर जाँच गर्दा प्रष्टै देखिने उनको भनाइ छ।

कसरी कीटाणुरहित बनाउने ?

पैसामा भएको ब्याक्टेरिया तथा भाइरसलाई विभिन्न तरिकाबाट हटाउन सकिने उनको भनाइ छ। ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’ र ‘प्लाज्मा आयोन टेक्नोलोजी’ बाट सहजरुपमा किटाणुनाशक बनाउन सकिन्छ। ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’ बाट पैसालाई किटाणुनाशक बनाउँदा मानव शरीरप्रति नकारात्मक प्रभाव पार्ने भएकाले ‘प्लाज्मा आयोन टेक्नोलोजी’ अहिलेको अत्याधुनिक प्रविधि भएको उनले बताउनुभयो। यो प्रविधि मानव र वातावरणमैत्री भएको उनको दाबी छ।

संयुक्त राज्य अमेरिका, कोरिया, सिङ्गापुर, चीन, भारत, जापान, अस्ट्रेलिया, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, बेलायत, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई) लगायत कतिपय मुलुकका बैंक तथा वित्तीय संस्थाले पैसामा हुने प्राणघातक ब्याक्टेरिया तथा भाइरसको किटाणुनाशक बनाउने उपकरण प्रयोगमा ल्याएका छन्।

नेपालले पनि पैसालाई सङ्क्रमणरहित बनाउन प्लाज्मा आयोन टेक्नोलोजीलाई आत्मसात गर्नुपर्ने अहिले आवश्यकता रहेको इञ्जिनीयर राम बाडेको भनाइ छ। ‘पैसाबाट हुने कोरोना सङ्क्रमणबाट बच्नका लागि बैङ्कहरुले प्लाज्मा आयोन टेक्नोलोजीको प्रयोगमा जोड दिनुपर्छ’, उनले भने। पैसालाई सङ्क्रमणरहित बनाउनका लागि यस्ता उपकरणको प्रयोगमा नेपाल राष्ट्र बैङ्कले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ। अन्नपूर्ण पोष्ट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
२०८३ असार २, मंगलबार
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
२०८३ असार २, मंगलबार
टीकापुरमा भूमिपूजाको रौनक
२०८३ असार २, मंगलबार
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
२०८३ असार २, मंगलबार
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार