असार ३२, २०८२ बुधबार July 16, 2025

मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा उपप्राध्यापकहरुले लगाए ताला

क्याम्पसका सम्पूर्ण विभागहरुमा अविलम्ब करारमा नियुक्ति गर्नुपर्ने माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आंशिक उपप्राध्यापकहरुले केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरुमा तालाबन्दी गरेका छन् ।

केन्द्रीय कार्यालयको मुलढोका, विस्तारित कार्यालय र केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरुमा अविलम्ब करारमा नियुक्ति गर्नुपर्ने माग राख्दै तालाबन्दी गरिएको आन्दोलनरत आंशिक उपप्राध्यापक श्याम थापाले बताए ।

‘विगत १० वर्षयता विद्यालयमा अध्यापन गराउँदै हामी लिखित, मौखिक सबै प्रक्रिया पूरा गरेका छौं ।’ उनले भने, ‘हाम्रा मागहरु पूरा नभएसम्म चरणबद्ध आन्दोलन गर्नेछौं ।’

विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मात्रै ३२ जना आंशिक उपप्राध्यापक रहेको र करार उपप्राध्यापकमा नियुक्ति गरिनुपर्ने मागसहित पठनपाठन नै बन्द गरेर आन्दोलनमा उत्रिएको थापाले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया