जेठ ५, २०८१ शनिबार May 18, 2024

म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छः प्रधानमन्त्री प्रचण्ड

निरन्तरतामा क्रम भंग गर्दै नयाँ परिस्थित सिर्जना गर्दै आगाडि बढ्ने जात हो माओवादी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँः प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नमर्दासम्म देशमा उथलपुथल भइराख्ने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एमालेसँगको नयाँ गठबन्धन बनेकोतर्फ संकेत गर्दै आफू नमर्दासम्म देशमा उथलपुथल भइराख्ने बताएका हुन्।

उनले देशमा नयाँ राजनीतिक ध्रुवीकरण भएको बताए। ‘आजको दिन एकपटक फेरि नयाँ ध्रुवीकरण, नयाँ राजनीतिक परिस्थित सिर्जना र नयाँ उथलपुथल भएको दिन पनि बन्यो,’ उनले भने,’म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ।’

माओवादी जमेको पोखरीजस्तो स्थिर नभई गड्गडाउँदो नदीजस्तो भएको उनको भनाइ थियो।

उनले भने,’साँचो कुरा हो, माओवादी जहिले पनि सिद्धान्त र व्यहारका दृष्टिकोणले जमेको पोखरीजस्तो गरेर बस्ने होइन, गडगडाउँदो खोलाजस्तो, गडगडाउँदो नदीजस्तो हो। यो निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन। निरन्तरतामा क्रम भंग गर्दै नयाँ परिस्थित सिर्जना गर्दै आगाडि बढ्ने जात हो माओवादी।’

उनले आफूलाई सध्याउन प्रतिक्रियावादीहरुबाट धेरै प्रयासहरु भएको दाबी गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार