वैशाख ३०, २०८१ आइतबार May 12, 2024

कक्षा ४ र ६ को प्रश्नपत्र एउटै !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरमा सञ्चालन भएको कक्षा ६ को परीक्षा रद्द गरेको छ । कक्षा ४ र ६ को प्रश्नपत्र एउटै भएकाले परीक्षा रद्द गरेको नगरपालिकाले जनाएको छ । नगरभित्रका २८ सामुदायिक विद्यालयले सामूहिक परीक्षा गराउँदै आएका थिए ।

कक्षा ६ को स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयको प्रश्नपत्र कक्षा ४ को रहेको थियो । बिहान कक्षा ४ को परीक्षा भएको र सोही प्रश्नपत्र कक्षा ६ मा पनि दोहोरिएको विद्यार्थीको भनाइ छ । परीक्षार्थीलाई प्रश्नपत्र वितरण गरेपछि विषयसूची भन्दा बाहिरको भएपछि प्रश्नपत्र फिर्ता गरिएको विद्यार्थीको भनाइ छ ।

रद्द भएको परीक्षा यही चैत १० गते शनिबार हुने नगर शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकीले बताउनुभयो । उहाँले कक्षा ५ र ८ को परीक्षा नगरपालिकाले सञ्चालन गरे पनि अन्य कक्षाको परीक्षा समितिले गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो “प्रश्नपत्र त्रुटि भएको विषयमा समितिलाई राय पेस गर्न भनेका छौँ । ” तयार भएको प्रश्नपत्र छपाइमा प्राविधिक त्रुटि भएको समितिका सदस्य नरेन्द्र घिसिङले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गिरीबन्धु प्रकरणमा सर्वोच्चको पूर्णपाठ : ‘हदबन्दी छुटको जग्गा बेच्न, मास्न र बाँझो राख्न निषेध’
२०८१ वैशाख ३०, आइतबार
नीति तथा कार्यक्रम बैठक अवरुद्ध गर्ने कांग्रेसको संकेत
२०८१ वैशाख ३०, आइतबार
सुर्य भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ वैशाख ३०, आइतबार
दक्षिणी गाजाको रफाहबाट हजारौंलाई सो क्षेत्र छोडन इजरायलको चेतावनी
२०८१ वैशाख ३०, आइतबार
नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण सोमबारबाट
२०८१ वैशाख २९, शनिबार
सङ्घीय शिक्षा ऐन जरुरीः मन्त्री चौधरी
२०८१ वैशाख २९, शनिबार
जसपा सरकार ढाल्ने खेलमा लाग्दैन : जसपा महासचिव राई
२०८१ वैशाख २९, शनिबार