असार २३, २०८२ सोमबार July 7, 2025

शिक्षा मन्त्रालयद्धारा राष्ट्रिय योग अभ्यासक्रम पुस्तिका तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । योगको महत्व स्थापित गराउँदै अभ्यासमा एकरुपता कायम गर्न शिक्षा मन्त्रालयले राष्ट्रिय योग अभ्यासक्रम पुस्तिका तयार गरेको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर प्रधानमन्त्री केपी ओलीद्वारा आईतबार सार्वजनिक पुस्तिकामा सुर्य नमस्कार सहित ४१ वटा आशन, तिन वटा प्राणायम र एउटा ध्यान पद्धति समावेश गरिएको छ । योगको विधि र शैलीमा एकरुपता कायम गर्न जरुरी रहेको निष्कर्श साथ मन्त्रालयले विज्ञहरु लगाएर उक्त पुस्तिका तयार पारेको हो ।

पोहोर योग दिवस मनाउने क्रममा गठित आयोजक समितिले अभ्यासक्रम निर्माण गर्ने निर्णय गरे अनुसार योग र ध्यानका अभियन्ता सोनाम साथीको संयोजकत्वमा मन्त्रालयले ७ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले राष्ट्रिय योग दिवसको दिन गत माघ १ गते बुझाएको प्रतिवेदनका आधारमा उक्त पुस्तिका तयार पारेको मन्त्रालयले जनाएको छ । उक्त प्रतिवेदनका आधारमा अभ्यासक्रमलाई श्रव्य दृश्य सामग्रीका रुपमा समेत तयार पार्ने योजना भए पनि कोभिड-१९ को विपद्ले सफल हुन नसकेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन ।

भर्चुअल माध्यमबाट पुस्तिका सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले शारीरिक र मानसिक हिसाबले सवल रहन स्वस्थ्य हुनु पर्ने उल्लेख गर्दै आहारा, व्यायम र आरामको सन्तुलन मिलाए मात्र स्वस्थ्य रहन सकिने बताएका छन । पूर्वजहरुले भान्सामा प्रयोग गर्दै आएका कतिपय खानेकुराको महत्व बुझाउँदा ुकेही विद्धानुले मजाक बनाएको भन्दै उनले आपत्ति पनि जनाएका छन ।

बजेट माथिको छलफलका क्रममा केही दिन अघि राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले रोग प्रतिरोधी क्षमताका लागि बेसारको महत्व हुने र कोरोना जस्ता भाईरससँग लड्न सघाउने अभिव्यक्ति दिएका थिए । उनको उक्त धारणाका विषयमा सामाजिक सञ्जालमा मजाक उडाउने क्रम जारी छ ।

पुस्तिका सार्वजनिक गर्दा पनि ओलीले आफूँले बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ भन्दा केही विद्धानले बेसार अदुवालाई ुमजाकु बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन ।

‘योग ध्यान’ हाम्रै भूखण्डको खोज भएको दावी गर्दै शिक्षा मन्त्री पोखरेलले शिव, कपिल, जनक, बुद्ध, गोरखनाथ जस्ता महायोगीहरुले प्रतिपादन र विकास गरेको प्राचिन विज्ञान बहुआयामिक र बहुउपयोगी रहेको बताएका छन । प्राचिन र अर्वाचिन कालमा विकास भएका योग ध्यानका वैज्ञानिक सिद्धान्त र व्यवहारिक श्रृङखलाहरुलाई संयोजन गरेर ‘साधना पथ’ का लागि एउटा व्यवस्थित सामग्री आवश्यक भएको निष्कर्श सहित पुस्तिका तयार पारिएको उनले बताएका छन ।

अभ्यास पुस्तिका योगको जनचेतना फैलाउनमा मात्र नभई योगका सरल विधिहरुलाई जनसाधारणमा पुर्याएर अभ्यासमा एकरुपता ल्याउन प्रकाशित गरिएको बताउँदै उनले आम जनताका लागि अभ्यासक्रम सँगै विद्यालय शिक्षादेखि नै योग ध्यानको पाठ्यक्रम र पाठ्य पुस्तकहरु बनाएर नयाँ पुस्तालाई त्यस दिशामा उद्धत गराइने बताएका छन । साधनालाई पूर्ण बनाउन आशन अघि सुक्ष्म व्यायाम, एक अर्का आशनका विचमा नृत्य, बन्ध र विश्रामहरु मिलाइएको बताउँदै उनले शिवको ताण्डव नृत्य, बुद्धको विपश्यनाको ‘आनपान’ र गोरखनाथको षटकर्म यस साधना पथमा समावेश भएकोले अभ्यासक्रम हाम्रै मौलिकतामा आधारित रहेको बताएका छन ।

ुकतिपयलाई आशनहरुमै बढि केन्द्रित गरेकोले यो पुस्तिकमा पतञ्जलीको योगमा सिमित भएको भान पर्न सक्छ । सत्य के हो भने शरीरको भित्री र बाहिरी आयामलाई व्यापक रुपमा समेटेको महायोगी पतञ्जलीको अष्टाङ्ग योगको ध्यान धारणा र समाधिलाई आत्मसात नगरी योगले पूर्णता प्राप्त गर्न सक्दैनु मन्त्री पोखरेलले भने, पतञ्जलीको प्रसिद्ध योगाश्चित्त वृत्तिनिरोध कपिलको साङ्ख्य सुत्रमा उल्लेख छ ।

पुस्तिका सँगै साधना पथका नयाँ अभ्यासक्रमहरु बनाएर आम मानिसलाई यसको प्रत्यक्ष अनुभूति हुने वातावरण, परिस्थिति र प्रणाली बनाउनु पर्ने र योग ध्यानलाई अध्ययन, अनुसन्धान र सेवासँग जोड्ने तर्फ केन्द्रित हुनु पर्ने उनको भनाई छ ।

सन् २०१५ देखि संयुक्त राष्ट्रसंघको आव्हानमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थाले पछि २०७२ सालदेखि नेपाल सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय योग दिवस आयोजनाको जिम्मेवारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको थियो । त्यस यता हरेक बर्ष योगका कृयाकलाप गरेर दिवस मनाईदैं आए पनि यो बर्ष कोरोना भाईरस संक्रमणको जोखिमका कारण भर्चुअल माध्यमबाट कार्यक्रम गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार