श्रावण २, २०८२ शुक्रबार July 18, 2025

रुपन्देहीमा ‘इ-ड्राइभ’ सेवा शुभारम्भ गर्ने

इलेक्ट्रिक सवारी साधनमा जोड दिनेगरी सेवा सुरु गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिद्धार्थनगर, चैत २९ गते । काठमाडौँमा गत ६ महिनादेखि सेवा दिँदैआएको इ–ड्राइभ नेपाल प्रालिले आफ्नो सेवा लुम्बिनी प्रदेशमा पनि शुभारम्भ गर्ने भएको छ । अनलाइन ट्याक्सी तथा बाइक सेवा दिनेगरी इ–ड्राइभ नेपाल प्रालिले आफ्नो सेवा लुम्बिनी प्रदेशमा शुभारम्भ गर्ने भएको रुपन्देहीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

बुटवल–भैरहवालगायतका मुख्य शहरमा वैशाखको पहिलो हप्तादेखि सेवा बिस्तार गर्ने इ–ड्राइभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केले बताउनुभयो । उहाँले इलेक्ट्रिक सवारी साधनमा जोड दिनेगरी सेवा सुरु गर्ने बताउँदै लुम्बिनी प्रदेशपछि अन्य  प्रदेशमा पनि सुरुवात गर्ने योजना रहेको चर्चा गर्नुभयो ।

अध्यक्ष मास्केले चालकको पहिचान मिल्नेगरी सवारीमा स्टिकर, चालकलाई  ज्याकेट समेत उपलब्ध गराइने बताउनुभयो । अनलाइन सवारीमा दुर्घटनामा घाइते भएमा ७० हजार रुपियाँ र मृत्यु भएमा ७ लाख रुपियाँ बराबरको तेस्रो पार्टीबाहेकको इन्सुरेन्स व्यवस्था रहने बताइएको छ ।

इ–ड्राइभ लुम्बिनी प्रालिका अध्यक्ष राजकुमार गुप्ताले नेपालमै तयार भएको एप र मुख्यगरी बिजुली गाडीलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । सुरुमा बुटवल र भैरहवामा सुरु गर्ने र त्यसपछि कपिलवस्तु, पाल्पा, नवलपरासीको बर्दघाटसम्म चलाइने बताउनुभयो ।

‘नेपाल सरकारबाट निर्धारण गरिएको भाडादर नै कायम गरिनेछ, स्थानीय युवालाई आफ्नै ठाउँमा रोजगारको अवसर दिनेछौँ’ उहाँले भन्नुभयो । हाललाई दर्ता शुल्क नराखिएको भन्दै केही समयपछि भने न्यून शुल्क राखिने कम्पनीले जनाएको छ ।

प्रालिका डाइरेक्टर विशाल भण्डारीले सेवा शुभारम्भको अवसरमा राइडमा ५० प्रतिशत छुट रहने बताउनुभयो । आगामी दिनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्ग हुँदै आउने पर्यटकलाई छिटोछरितो, विश्वासिलो र भरपर्दो सवारीका लागि सुविधा पुगोस् भन्ने सोचसाथ अगाडि बढेको कम्पनीको दाबी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार