जेठ ९, २०८१ बुधबार May 22, 2024

नावालिका बलात्कार गरेको अभियोगमा बृद्ध पक्राउ

पक्राउ परेका श्रेष्ठलाई जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संखुवासभाको सभापोखरी गाउँपालिकामा नाबालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक जना बृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका–२ का ६४ को दिल बहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक अशोक जबेगुले जानकारी दिए ।

आरोपित श्रेष्ठलाई प्रहरीले खाँदबारी नगरपालिका-१ स्थित बसर्पाकबाट सोमबार राति पक्राउ गरेको प्रहरी निरिक्षक जबेगुले बताए । उजुरी लगत्तै फरार भएका आरोपित श्रेष्ठ भारतको सिलाङ बस्दै आएका थिए । प्रहरी निरिक्षक जबेगुका अनुसार बिभिन्न प्रलोभनमा पारी पटक/पटक २०८० साउन २० गते सम्म जबरजस्ती बलात्कार गरेको आरोपमा पीडित परिवारले उजुरी दिएका थिए ।

भारतबाट आउने क्रममा उनलाई खाँदबारी–१ बसर्पाकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा मुद्दा दत्र्ता गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी मुद्दामा म्याद थप भई अनुसन्धान भई रहेको प्रहरीले जनाएकोे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप लगाइने
२०८१ जेठ ८, मंगलबार
राजनीतिक गतिरोध अन्त्य गर्न नेपाली काँग्रेस गम्भीर हुनुपर्छ: अध्यक्ष ओली
२०८१ जेठ ८, मंगलबार
सहकारीमा तोडफोड गर्ने ३ महिलासहित ९ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
बन्दुकधारीले गरेको आक्रमणबाट ४० बढीको मृत्यु
२०८१ जेठ ८, मंगलबार
सिरोहिया पक्राउबारे बाबुरामको प्रतिक्रिया: प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरे
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेटवार्ता
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेटघाट
२०८१ जेठ ८, मंगलबार