जेठ ८, २०८१ मंगलबार May 21, 2024

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन कक्षा एकमा अंग्रेजी

शैक्षिक गुणस्तर वृद्धिका लागि सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टीकापुर। कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो शैक्षिक वर्षमा कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यममा अध्यापन गर्ने भएको छ।

पालिकाले सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यममा अध्यापन गर्ने व्यवस्था गरेको हो। सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घटेपछि सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन र शैक्षिक गुणस्तर वृद्धिका लागि सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइने पालिकाले जनाएको छ।

जानकी गाउँपालिकाका तीन वटा बाल विकास कक्षा र ३० वटा सामुदायिक विद्यालयमा अब अंग्रेजी माध्यमको पढाइ हुनेछ। गाउँपालिकाका शिक्षा अधिकृत धर्मानन्द कपाडीले शैक्षिक गुणस्तर वृद्धि र विद्यालय उमेर समूहका बालबालिकाको विद्यालयमा उपस्थिति बढाउन अंग्रेजी माध्यमबाट अध्यापन सुरु गर्ने निर्णय भएको बताए।

पालिकाका ३३ वटै विद्यालयमा गाउँपालिकाले भर्ना अभियानसँगै अंग्रेजी माध्यममा पढाइ हुनेगरी व्यवस्थापन थालेको छ। अंग्रेजी माध्यमबाट अध्यापनका लागि गाउँपालिकाले शिक्षकको क्षमता अभिवृद्धि गर्न ‘मन्टेश्वरी’ तालिमसमेत सञ्चालन गरिसकेको छ।

गाउँपालिका र विद्यालयको तयारीसँगै गाउँपालिकामा शैक्षिक गुणस्तरको लागि अभिभावक सकारात्मक भई बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउन आवश्यक रहेको अभिभावक बताउँछन्। अभिभावक तेतरानी चौधरी सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा भएमा सबै विद्यार्थी सामुदायिकमै जाने बताए।

‘निजी विद्यालयमा महँगो शुल्क तिर्नुपर्छ, सामुदायिक त्यो शिक्षा पाए किन अभिभावकले बालबालिकालाई निजीमा भर्ना गर्ने ?’, उनले प्रश्न गरे,’अब कक्षा १० सम्म नै अंग्रेजी माध्यममा पढाउनुपर्छ। यसो गरेमा सामुदायिक विद्यालयप्रति आकर्षण बढ्छ।’ रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप लगाइने
२०८१ जेठ ८, मंगलबार
राजनीतिक गतिरोध अन्त्य गर्न नेपाली काँग्रेस गम्भीर हुनुपर्छ: अध्यक्ष ओली
२०८१ जेठ ८, मंगलबार
सहकारीमा तोडफोड गर्ने ३ महिलासहित ९ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
बन्दुकधारीले गरेको आक्रमणबाट ४० बढीको मृत्यु
२०८१ जेठ ८, मंगलबार
सिरोहिया पक्राउबारे बाबुरामको प्रतिक्रिया: प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरे
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेटवार्ता
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेटघाट
२०८१ जेठ ८, मंगलबार