असार २०, २०८२ शुक्रबार July 4, 2025

प्रतिनिधी सभा बैठकमा पाँचओटा विधेयक पेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचओटा विधेयक पेस गर्ने भएका छन् । उनले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको लोक सेवा आयोग विधेयक, २०७५, लोक सेवा आयोग विधेयक, २०७५ राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६  र संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ पेस गर्ने भएका हुन् ।

त्यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले  भन्सार विधेयक, २०७७ पेस, अर्थ समितिको प्रतिवेदनसहितको नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल र नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।

त्यस्तै, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभामा उत्पत्ति भएका  विनियोजन विधेयक, २०७७, आर्थिक विधेयक, २०७७, राष्ट्र ऋण उठाउने विधेयक, २०७७, ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७ र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ राष्ट्रिय सभाबाट पारित भएको जानकारी गराउनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार