असार २४, २०८२ मंगलबार July 8, 2025

कतारका अमिरको भ्रमणमा विपिन रिहाइ पनि मुद्दा उठाइन्छ : प्रधानमन्त्री

समारोहमा तीन सय ७६ विद्यार्थी दीक्षित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महेन्द्रनगर (कञ्चनपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्ने विषय एजेण्डामा राखिएको बताउनुभएको  छ ।

कञ्चनपुरको महेन्द्रनगरमा आज सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जोशीको रिहाइका लागि कतारका अमिरले खेल्न सक्ने भूमिकालाई एजेन्डामा राखिएको बताउनुभयो ।

“प्रभावित विद्यार्थीलाई स्वदेश ल्याउन सरकारले तदारुकतापूर्वक भूमिका निर्वाह गरिरहेको छ”, दाहालले भन्नुभयो, “आजै बिहान मात्रै कुवेतको एउटा टेलिभिजन अन्तर्वार्तामा मैले कतारले जोशीको रिहाइका लागि गर्न सक्ने भूमिकाबारे बोल्दै त्यस पहलका लागि माग समेत गरेको छु ।”

सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा प्यालेस्टाइन विद्रोहीको आक्रमणबाट विद्यार्थीहरूले ज्यान गुमाएको उक्त घटनाले निकै दुःखी तुल्याएको उहाँको भनाइ थियो ।

त्यसैगरी, सम्बोधनका क्रममा बोल्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई, व्यवहारिक, जीवन उपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनु सक्नुपर्ने बताउनुभयो ।

“सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा पनि मैले पहिलो चोटि प्रधानमन्त्रीको हैसियतले भूमिका खेल्ने अवसर प्राप्त गरेको थिएँ”, उहाँले भन्नुभयो, “अहिले सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण गर्ने निर्णय गर्न पाउँदा गर्व महसुस भएको छ ।”

शिक्षासम्बन्धी हक कार्यान्वयन गर्न सबैको प्रतिबद्धता आवश्यक रहेको बताउँदै उहाँले सुदूरपश्चिम क्षेत्रको निम्न तथा मध्यम आय भएका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गरी उनीहरूको जीवनमा विश्वविद्यालयले महत्त्वपूर्ण योगदान पुर्‍याएको जानकारी दिनुभयो ।

सो क्रममा विश्वविद्यालयमा विभिन्न पदक प्राप्त विद्यार्थीलाई प्रधानमन्त्री दाहालले पदक वितरण समेत गर्नुभयो । दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सहकुलपति सुमना श्रेष्ठ, भारतको उत्तराखण्डस्थित कुमाउँ विश्वविद्यालयका प्राध्यापक दिवान सिंह रावतले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

उक्त समारोहमा तीन सय ७६ विद्यार्थी दीक्षित भएको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार