असार २९, २०८२ आइतबार July 13, 2025

शिक्षाविद् राजवंशीको स्मृति दिवस मनाइयो

पूर्वशिक्षक भक्तबहादुर शाक्यलाई सम्मानपत्रसहित २५ हजार नगदले सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षाविद्, राजनीतिज्ञ तथा साहित्यकार लक्ष्मण राजवंशीको तेस्रो स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले राजवंशीका विविध आयामबारे चर्चा परिचर्चा गरेका थिए ।

‘उहाँ एक कुशल शिक्षक, राजनीतिज्ञ तथा साहित्यकार हुनुहुन्थ्यो’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले भन्नुभयो– ‘नेपालमा शिक्षाक्षेत्रमा औंलामा गन्न सकिनेमध्येका एक राजवंशी हुनुहुन्थ्यो, उहाँले देखाएको सत्मार्गमा हामी हिँड्नैपर्छ, उहाँको सपना साकार पार्नुपर्छ ।’

सोही अवसरमा राजवंशीका नजिकको मित्र तथा पूर्वशिक्षक भक्तबहादुर शाक्यलाई सम्मानपत्रसहित २५ हजार नगदले सम्मान गरिएको थियो । उहाँका ज्येष्ठ सुपुत्र तथा प्रधानाध्यापक रुपक राजवंशीले आफ्ना पिता लक्ष्मण राजवंशीको योगदानको चर्चा गर्नुभएको थियो । त्यसै गरी शिक्षक युनियनका अध्यक्ष राजु दुवाडी, सहायक प्रध्यानाध्यापक सुनिता सिंहले पनि राजवंशीको विविध आयामबारे चर्चापरिचर्चा गर्नुभएको थियो ।

यसैबीच सौरदीप बोर्डिङ स्कुलले पनि एक कार्यक्रम गरी स्व. राजवंशीको तेस्रो स्मृति दिवस मनाएको छ । सौरदीपका प्रिन्सिपल ज्ञानी राजवंशीले दीप प्रज्वलन गर्दै विद्यालय प्राङ्गणमा रहेको उहाँको प्रतिमामा माल्र्यापण गर्नुभयो ।

पूर्व शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य डा. बच्चुराम भट्टराईले स्व. राजवंशी सौरदीपका संरक्षक हुनुका साथै आफ्ना मार्गदर्शक भएको स्मरण गर्नुभयो । डा. भट्टराईले अहिलेको प्रतिस्पर्धी जमानामा उहाँले देख्नुभएको सपना साकार पार्न सबै शिक्षक कर्मचारीलाई आग्रह गर्नुभयो । इन्चार्ज यदुप्रसाद भट्टले राजवंशीसँग आफूले बिताएको पलको स्मरण गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी विद्युतीय प्रणाली मार्फत गर्न परिपत्र
२०८२ असार २९, आइतबार
छात्रालाई जिस्क्याएको आरोपमा शिक्षकमाथि कुटपिट, विद्यालयमा तोडफोड
२०८२ असार २९, आइतबार
रूपन्देही ३ उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक तालिका सार्वजनिक
२०८२ असार २९, आइतबार
विपक्षीले वाइसिएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भन्ने दुस्प्रचार गरे : अध्यक्ष ओली
२०८२ असार २९, आइतबार
रसुवा बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनामा सांसद आचार्यको जोड
२०८२ असार २९, आइतबार
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार