असार २९, २०८२ आइतबार July 13, 2025

विद्यार्थीको मनोबल उच्च राख्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री श्रेष्ठ

मन्त्रलयस्तरबाट सुल्झाउनुपर्ने विषयहरुमा बसेर छलफल गर्न आवश्यक रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा देखिएका मात्र नभइ उच्च शिक्षाको सन्दर्भमा देखिएका समस्याहरु आफ्नै कार्यकालमा समाधान गर्ने दाबी गरेकी छन् ।

त्रिवि आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग प्रमुखमा प्रवलराज पोखरेललाई नियुक्त गर्न आयोजित कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मन्त्रलयस्तरबाट सुल्झाउनुपर्ने विषयहरुमा बसेर छलफल गर्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘अहिले जति पनि विद्यार्थीको हकहितमा गर्नुपर्ने कुराहरु छन् यसमा फोकस गरेर जिज्ञासा र प्रश्न गरिदिनुभयो भने शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले के गरिरहेको छ भन्ने अवगत हुने मौका पाइन्छ । मलाई थाहा छैन पहिले विश्वविद्यालयमा के गरियो, कसरी भयो भन्ने त । तर, कम्तिमा पनि यसरी अपडेट लिन पाइयो भने परीक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थी र अप्ठेरोमा परेका विद्यार्थीलाई कन्फिडेन्ट दिने कुरामा प्रतिबद्ध छौं ।’

त्रिभुवन विश्वविद्यालयलाई नै केन्द्रित गरेर आफूमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै उनले यसको उत्तर उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनबाट दिइसकेको समेत बताइन् ।

उनले भनिन्, ‘टीयूलाई मात्र फोकस गरेर प्रश्नहरु गरिन्छन् । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनले केही उत्तर दिइसकेको छ । आफ्नो स्तरबाट हुने कुराहरु त म गर्छु, हामीले कुरा गर्ने तरिका नै परिवर्तन गर्न आवश्यक छ । मन्त्रीस्तरबाट उल्टाउने कुरामा छलफल गरौं । जुन कुरा मैले मन्त्रिपरिषद् लगेर जानु छ, त्यो म लग्छु ।’

जग्गाको विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको मन्त्री श्रेष्ठको भनाइ छ । केही साताअघि त्रिविको जग्गामा अनधिकृत कब्जा र भोगचलनका समाचारहरु सञ्चारमाध्यममा आएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार