कार्तिक २९, २०८३ आइतबार November 15, 2026

बागलुङस्थित महादेव मन्दिरको स्वरूप फेरिँदै

हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको त्रिपुरेश्वर महादेव मन्दिर पछिल्लो समय फेरिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गलकोट (बागलुङ), ३० वैशाखः बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ, रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिरको स्वरूप फेरिएको छ ।

प्रदेश तथा स्थानीय सरकार र अन्य सहयोगीबाट प्राप्त आर्थिक सहयोगले पर्यटकीय पूर्वाधार निर्माण भएपछि यहाँको स्वरूप फेरिएको हो ।

मन्दिर परिसरमा आवास, सत्तल निर्माण, खानेपानी शौचालय, मन्दिर परिसरमा ढुङ्गा छाप्ने लगायतको पूर्वाधार निर्माणजस्ता कार्य मन्दिरकै आन्तरिक आयबाट गरिँदै आइएका थिए । पछिल्लो दुई वर्षयता गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालय, काठेखोला गाउँपालिका, वडा कार्यालय र विभिन्न व्यक्तिहरुको सहयोगमा भौतिक पूर्वाधार निर्माणले तीव्रता पाएपछि यहाँको स्वरूप फेरिएसँगै पर्यटक आवागमनमा समेत वृद्धि भएको छ ।

सडकमार्गदेखि मन्दिर पुग्ने तीन सय ५० मिटर सडक ढलान गर्ने, रेलिङसहितको सय मिटर पदमार्ग निर्माण गर्ने काम सम्पन्न भइसकेको छ भने मन्दिर परिसरमा १०८ शिव लिङ्ग निर्माण गर्ने र प्रवेशद्वार निर्माण गर्ने कार्य चलिरहेको त्रिपुरेश्वर महादेव मन्दिरका अध्यापक हंस चैतन्यले जानकारी दिनुभयो । मन्दिर परिसरमै श्री परमानन्द वेदवेदाङ्ग संस्कृत विद्यालय पनि विसं २०३३ सालदेखि सञ्चालनमा छ ।

“प्राकृति भ्यूटावरजस्तो डाँडामा रहेको त्रिपुरेश्वर महादेव मन्दिर र मन्दिर परिसरले धेरैलाई लोभ्याउने गरेको छ । अहिले मध्यपहाडी लोकमार्ग हुँदै हिँडेका केही सवारीसाधन मन्दिर परिसरमा आइपुग्छन्, टिकटक बनाउँछन् र फोटो खिचेर जान्छन्”, चैतन्यले भन्नुभयो, “विशेष मेला लाग्ने समयमा धार्मिक पर्यटकको भीड थामिनसक्नु हुन्छ । शिवरात्रीमा त लोकमार्गसम्मै भक्तजनहरु हुन्छन् । घना जङ्गलको बीचमा रहेको मन्दिरसँगै प्राकृतिक छटामा रमाउन अघिपछि पनि यहाँ आउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ ।”

यहाँ घुम्न आउने पर्यटकहरु बढ्नुको पछाडि पर्यटकीय पूर्वाधार प्रमुख कारण रहेको उहाँको भनाइ छ । यहाँ काठेखोला गाउँपालिकाको रु ३० लाख बजेटमा तीन सय ५० मिटर सडक ढलान गरेर मन्दिरको सय मिटर तल पु¥याइएको छ भने त्यसमाथि गण्डकी प्रदेश सरकारको रु १० लाख बजेटमा सय मिटर ढुङ्गा छापेर रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ ।

यस्तै, काठेखोला गाउँपालिका–५ घर भई हाल जापानमा कार्यरत रामु कँडलबाट रु १० लाख सहयोग प्राप्त भएकाले हाल प्रवेशद्वार निर्माणको काम भइरहेको त्रिपुरेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सदस्य गोविन्द विकले जानकारी दिनुभयो । “१०८ शिव लिङ्ग निर्माण गर्न थालिएको छ, प्रवेशद्वार कलात्मक बनाइँदै छ, पर्यटकहरुलाई लक्षितगरी विभिन्न पूर्वाधारहरु थप भइरहेका छन्”, विकले भन्नुभयो “सम्पूर्ण हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको त्रिपुरेश्वर महादेव मन्दिर पछिल्लो समय फेरिएको छ ।”

विसं १७५० को समयमा हालको मन्दिर रहेको क्षेत्रमा केही कुटीहरु भएको र त्यसमा साधु सन्तहरू बस्ने गरिएको भन्ने गरिएको छ । हाल सोही ठाउँमा मन्दिर स्थापना गरिएको छ । विगतमा यस क्षेत्रमा रामका भक्तहरू बस्ने भएकाले मन्दिरलाई रामकोट र पछि स्थानीयले शिव लिङ्ग स्थापनागरी आश्रम बनाएपछि यो क्षेत्र शिवालयका नामले परिचित छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वमा स्थानीयसँगै रमाए गगन थापा, ढाकी बोकेर गरे पूजाआजा
२०८३ कार्तिक २९, आइतबार