असार २२, २०८२ आइतबार July 6, 2025

नेपाली खेलाडी सन्दिप लामिछानेको मूल्य एक करोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली क्रिकेटर खेलाडी सन्दिप लामिछानेको मूल्य एक करोड पुगेको छ । सिजन क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा आज बुधबार हुन लागेको छोटको ड्राफ्टमा सन्दिप लामिछानेको मूल्य एक करोड रहेको छ ।

नेपालका युवा क्रिकेटर खेलाडी लेगस्पिनर सन्दिपको लागि ड्राफ्टमा ९० हजार अमेरिकी डलर अर्थात १ करोड ८ लाख ५७ हजार रुपैया तोकिएको छ । सिपियलको छनोट ड्राफ्टमा नाम लेखेएका खेलाडी मध्ये सन्दिप सबैभन्दा महंगोमा चौथो खेलाडी हुन् ।

विभिन्न २३ देशका ५ सय ३७ जना खेलाडीको नाम ड्राफ्टमा तोकिएको छ । सन्दिपले अघिल्लो सिजनको सिपिएल बर्बाडसबाट खेलेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया