असार २९, २०८२ आइतबार July 13, 2025

लायन्सको सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसमा बन्याे अत्याधुनिक विज्ञान प्रयोगशाला

लायन्स अन्तराष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले गरे भवनकाे साँचाे हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लायन्स क्लब्स् डिष्ट्रिक्ट ३२५ आइ नेपालको पहल तथा संयाेजनमा लायन्स अन्तर्राष्ट्रिय फाउण्डेसनको ग्रान्ट तथा स्थानीय लायन्स क्लबहरुकाे सहयाेगमा म्याग्दी बहुमुखी क्याम्पस परिसरमा ५ कोठे भवनसहितकाे विज्ञान प्रयोगशाला निर्माण भएकाे छ ।

लायन्स अन्तर्राष्ट्रिय फाउण्डेसन (LCIF) को १ करोड २० लाख र म्याग्दीमा रहेका स्थानीय लायन्स क्लबहरुको ४० लाख ६५ हजार गरी १ करोड ६५ लाख नगद लगानीमा म्याग्दी क्याम्पसमा बीएड साइन्समा अध्ययनरत विद्यार्थीको सुविधाका लागि ५ कोठे भवनसहित विज्ञान प्रयोगशाला निर्माण गरिएकाे डिष्ट्रिक्ट ३२५ के नेपालका डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापाले बताएका छन् ।

लायन्स इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले एक समारोहबीच उक्त भवन तथा विज्ञान प्रयोगशालाको उद्घाटन गरेका छन् । क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष सोमनाथ ढुङ्गानालाई लायन्स अन्तराष्ट्रिय निर्देशक बुर्लाकोटीले भवनकाे साँचाे हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मन्तब्य राख्दै लायन्स अन्तराष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले म्याग्दी बहुमुखी क्याम्पसमा ५ कोठे भवन र विज्ञान प्रयोगशाला निर्माण गरेर शैक्षिक क्षेत्रमा सहयाेग गर्न पाएकाेमा खुसी ब्यक्त गर्दै प्रदान गरिएका सामाग्रीकाे यथाेचित संरक्षण गरि उपयाेग गर्न अनुराेध गरेका थिए।

लायन्सद्वारा नवनिर्मित उक्त विज्ञान प्रयोगशाला भवनमा फिजिक्स, केमेष्ट्री र बायोलोजीका छुट्टा-छुट्टै ल्याब, एउटा कार्यालय कक्ष र अर्को अध्यापन कक्षा रहेकाे क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बताएका छन् ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालका गभर्नर चन्द्रकुमार केसीले हालसम्म लायन्स क्लबले म्याग्दी जिल्लामा विभित्र परियोजनामा १२ करोड रुपैया भन्दा धेरैको सहयोग गरेको बताए। विज्ञान प्रयोगशाला उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, क्याम्पस पुर्व अध्यक्ष हरिकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष बालकृष्ण सुबेदी, सञ्चालक समितिका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। म्याग्दी क्याम्पसमा विभिन्न संकायमा करिब १२ सय विद्यार्थी अध्ययनरत छन्। लायन्स क्लवका प्रोजेक्ट चियरपर्सन सन्तोष रावलले प्रयोगशालाको नियमित प्रयोगसँगै भविष्यमा समेत थप सहयोग गरिने बताए ।

यसअगाडी लायन्स क्लबको आर्थिक सहयोगमा बेनी नगरपालिका-९, तोरीपानीस्थित गलेश्वर मावि र मालिका गाउँपालिका-७, विम गाउँमा सञ्चालित किसानी प्राविधिक शिक्षालयमा चार करोडको दुईतले आठवटा कोठासहितको पक्की भवन विद्यालय समेत बनाइएको थियो । म्याग्दीमा सन् २००७ देखि लायन्स क्लबमार्फत शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति व्यवस्थापन लगायत विभिन्न क्षेत्रमा सहयोग गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार