भाद्र २८, २०८३ आइतबार September 13, 2026

सेयर बजार खोल्ने विषयमा आज सर्वोच्चमा बहस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सेयर बजार खोल्न माग गर्दै अधिवक्ताद्वय रपिस पोख्रेल र हरिप्रसाद दाहालले दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । न्यायधीशहरू आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी चढेको उक्त मुद्दामा आज सुनुवाइ हुन लागेको हो । लकडाउनपछि बन्द रहेको बजार खोल्न माग गर्दै अधिवक्ता पोखरेल र दाहालले जेठ २९ गते सर्वोच्चमा रिट दायर गरेको थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै जेठ ३२ गते न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले कारण देखाऊ आदेश जारी गर्दै विपक्षीलाई बोलाएको थियो । उक्त आदेशमा विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ दिन भनिएको थियो ।

उक्त मुद्दाको विपक्षीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) रहेका छन् ।

सरकारले लकडाउन गरेसँगै चैत १० देखि बन्द भएको सेयर बजारबीचमा वैशाख ३० र ३१ गते दुईदिन खुलेको थियो । त्यसपछि पुनः बन्द भएको सेयर बजार सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी अन्य क्षेत्र खुलाउँदासमेत नखुलेपछि अधिवक्ताद्वय पोखरेल र दाहालले सेयर बजार खुलाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

हाल सेयर बजार खुलाउने विषयमा धितोपत्र बोर्डले अध्ययन समिति गठन गरेको छ । नेप्सेले भने धितोपत्र बोर्डको आदेशमा अर्को सूचना नआएसम्मका लागि बजार बन्द रहने भन्दै असार ६ गते एक सूचना जारी गरेको छ । उक्त रिटमाथिको सुनुवाइ सकिए आज अन्तरिम आदेश आउने सक्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
२०८३ भाद्र २८, आइतबार
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ: ऊर्जामन्त्री श्रेष्ठ
२०८३ भाद्र २८, आइतबार
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि
२०८३ भाद्र २८, आइतबार