भाद्र २८, २०८३ आइतबार September 13, 2026

बागमती प्रदेशका १ सय १९ स्थानीय तहलाई सवा ७ अर्ब अनुदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बागमती प्रदेशका १ सय १९ स्थानीय तहलाई प्रदेश सरकारले ७ अर्ब २४ करोड ३१ लाख अनुदान दिने भएको छ । आगामी आर्थिक वर्ष ०७७/७८ का लागि प्रदेश सरकारले स्थानीय तहका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत वित्तीय सामान्यीकरण, ससर्त, विशेष र समपूरक अनुदान शीर्षकमा ७ अर्ब २४ करोड ३१ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

आर्थिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको अन्तरसरकार वित्तीय हस्तान्तरणबाट चार शीर्षकका अनुदानमार्फत सबै स्थानीय तहलाई रकम उपलब्ध गराइने मन्त्रालयका सचिव डा. मुकुन्दप्रसाद पौड्यालले जानकारी दिएका छन । मन्त्रालयका अनुसार महानगरलाई २ अर्ब ८४ करोड ९९ लाख १ हजार, उपमहानगरलाई ८ करोड ३५ लाख ९८ हजार, नगरपालिकालाई २ अर्ब ६७ करोड १८ लाख ११ हजार र गाउँपालिकालाई ४ अर्ब २० करोड २७ लाख ६१ हजार रुपैयाँ अनुदान रकम छुट्याइएको छ ।

अनुदानको शीर्षकअनुसार महानगरपालिकालाई वित्तीय सामान्यीकरणतर्फ ५ करोड ७० लाख ६९ हजार, ससर्ततर्फ १९ करोड ७९ लाख ९७ हजार र समपूरक अनुदानतर्फ २ करोड ९९ लाख २५ हजार रुपैयाँ छुट्याइएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

उपमहानगरपालिकालाई वित्तीय सामान्यीकरणतर्फ १ करोड २७ लाख ८४ हजार, ससर्ततर्फ ४ करोड २७ लाख ६८ हजार, समपूरक अनुदानतर्फ २ करोड ८० लाख ४६ हजार, नगरपालिकालाई वित्तीय सामान्यीकरणतर्फ ४३ करोड ८६ लाख ७१ हजार, ससर्ततर्फ १ अर्ब १० करोड ९६ लाख ९९ हजार, विशेषतर्फ ९ करोड २० लाख, समपूरकतर्फ १ अर्ब ३ करोड १४ लाख ४१ हजार रुपैयाँ दिइने मन्त्रालयका सचिव पौड्यालले बताए ।

त्यसैगरी, गाउँपालिकालाई वित्तीय सामान्यीकरणतर्फ ७४ करोड १४ लाख ७६ हजार, ससर्ततर्फ १ अर्ब ७१ करोड ४० लाख ८८ हजार, विशेषतर्फ २० करोड ५० लाख र समपूरकतर्फ १ अर्ब ५४ करोड २१ लाख ९७ हजार दिइने अन्तरसरकारी वित्तीय हस्तान्तरणमा व्यवस्था गरिएको छ । महानगर र उपमहानगरपालिकाका लागि विशेष अनुदान रकम छुट्याइएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
२०८३ भाद्र २८, आइतबार
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ: ऊर्जामन्त्री श्रेष्ठ
२०८३ भाद्र २८, आइतबार
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि
२०८३ भाद्र २८, आइतबार