असार २४, २०८२ मंगलबार July 8, 2025

आगलागी पीडितलाई तत्काल राहत प्रदान गर्न राष्ट्रपति पौडेलको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा भएको आगलागीबाट पीडित व्यवसायीलाई तत्काल व्यवस्थापन र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ ।

राष्ट्रपतिले जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई सोमबार टेलिफोन गरी घटनाबारे जानकारी लिनुका साथै आगलागीबाट अप्ठेरोमा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको राष्ट्रपतिको निजी सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीले भन्नुभयो, ‘घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै राहत र पुनः स्थापनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न राष्ट्रपतिले निर्देशन दिनुभएको छ ।’ तनहुँ सदरमुकाम दमौलीमा आइतबार रातिदेखि भएको आगलागीबाट करोडौँको क्षति भएको छ ।

blog

जिल्ला समन्वय समिति तनहुँले निर्माण गरेको व्यास नगरपालिका –३ मेनरोड, फलफूल लाइनमा भएको आगलागीले २० जना व्यवसायीको २३ पसल पूर्णरुपले ध्वस्त भएको छ । नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी तत्काल परिचालन गरी सोमबार बिहान ७ सात बजे आगो नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

व्यास नगरपालिका, तनहुँ जलविद्युत आयोजना, पृथ्वीराजमार्ग विस्तार आयोजना अन्तर्गत पूर्वी तथा पश्चिम खण्डका दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको प्रजिअ गौतमले जानकारी दिनुभयो । ठुलो जनशक्ति रातिदेखि नै प्रयोग गरिएको र धेरै दमकल भएकाले आगो नियन्त्रण लिन सफलता मिलेको गौतमले बताउनुभयो ।

धेरै पसलमा आगो लागेकाले करोडौँको क्षति भएको उहाँले जानकारी दिनुभयो । प्रजिअ गौतमले भन्नुभयो, ‘क्षतिको विवरण सङ्लन भइरहेको छ, पीडितलाई छिटो  राहत दिन प्रक्रिया अघि बढाउँछौ ।’

आगलागीबाट किताब, पुस्तक तथा खेलकुदका सामग्री, फोटोकपी मेशिनलगायत गरेर ६० लाखभन्दा धेरैको क्षति पुगेको पीडित प्रताप बुक्स एण्ड स्टेशनरीका सञ्चालक प्रतापसिंह अधिकारीले बताउनुभयो । यतिबेला शैक्षिक सत्रको सुरुको समय भएकाले माग धेरै हुने हुँदा धेरै सामान राखिएकाले धेरै क्षति पुगेको अधिकारीले बताउनुभयो ।

तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले व्यवसायीलाई छिटो छरितो तवरबाट राहत तथा पुनर्स्थापनाको काम अघि बढाइने बताउनुभयो । क्षतिको विवरण छिटो सङ्कलन गरेर बिमा कम्पनी तत्काल भुक्तानीका लागि पहलकदमी गरिने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार