कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध धनुषामा पक्राउ पूर्जी जारी

दोहोरो नागरिकता प्रकरणमा जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारीसँगै सिरोहिया फरार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दोहोरो नागरिकता प्रकरणमा जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी लिएको हो ।

दोहोरो नागरिकता बनाएको आरोपमा उनीविरुद्ध धनुषा अदालतमा यसअघि नै मुद्दा दर्ता भइसकेको छ । प्रहरीले सिरोहीको खोजी गरिरहेको छ । प्रहरीले खोजी गरेसंगै उनी फरार भएका छन् ।

आफ्नो दोहोरो नागरिकताका कारण अफ्ट्यारो पर्ने भएपछि सिरोहिया सर्वोच्च अदालतमा पनि पुगेका थिए । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा मंगलबार सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

१६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया