कार्तिक २२, २०८३ आइतबार November 8, 2026

कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र

कालिकासहित पोखरा क्षेत्रका कलेजमा यस्तो प्रमाणपत्र प्राप्त गर्ने ३ पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कालिका बहुमुखी क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । विश्वविद्यालय अनुदान आयोग नेपालबाट गत २ जेठमा क्याम्पसलाई उक्त प्रमाणपत्र दिने निर्णय भएकोमा मंगलबार प्रमाणपत्र प्राप्त भएको क्याम्पस प्रमुख विरन्जी गौतमले जानकारी दिए ।

पोखराको काजीपोखरीस्थित यो कलेजलाई क्युएए दिइनुअघि यहाँको गुणस्तरको मूल्यांकन गरिएको थियो । कालिकासहित पोखरा क्षेत्रका कलेजमा यस्तो प्रमाणपत्र प्राप्त गर्ने ३ पुगेका छन् । यसअघि, जनप्रिय बहुमुखी क्याम्पस र पृथ्वीनारायण क्याम्पसलाई क्युएए प्रमाणपत्र दिइएको थियो ।

२०४८ सालमा स्थापना भएको कालिका बहुमुखी क्याम्पसमा हाल ६८ कर्मचारी र १६५० विद्यार्थी छन् । कलेजमा व्यवस्थापन, मानविकी र शिक्षा संकायअन्तर्गत एमए, एमबिएस, बिए, बिबिएस र बिएड तहको पढाइ हुुँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया