असार २४, २०८२ मंगलबार July 8, 2025

जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भीरतापूर्वक लिनुपर्छ : राष्ट्रपति

जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दामा विमस्टेक गम्भीर बनोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँः राष्ट्रपति रामचन्द्र पौडेलले विमस्टेकले जलवायु परिवर्तन र हिमाल जोगाउने साझा मुद्दालाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका विमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार गर्नुभएको शिष्टाचार भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

“हिमालदेखि सागरसम्म यो क्षेत्रकै मानिसको जीवन गाँसिएको छ, त्यही भएर जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दामा विमस्टेक गम्भीर बनोस् भन्ने मेरो आग्रह छ”, राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

उहाँले विमस्टेकमा हाल रहेको पर्वतीय अर्थतन्त्रको क्षेत्रसँगै त्यसमा पर्वतीय वातावरण जोडेर काम गर्न पनि सुझाव दिनुभयो ।

राष्ट्रपति पौडेलले बङ्गालको खाडी क्षेत्रका राष्ट्रहरुबीच सहकार्य सुदृढ बनाउन यस मञ्चलाई नेपालले उच्च महत्व दिएको बताउनुभयो । ऊर्जा, पर्यटन, कृषि, व्यापार र लगानी विमस्टेक क्षेत्रको साझा समृद्धिको महत्त्वाकाङ्क्षा पूरा गर्न सहयोग पुर्‍याउने उच्च सम्भावना भएको क्षेत्रहरू भएको उहाँको भनाइ थियो ।

सो अवसरमा महासचिव पाण्डेले जलवायु परिवर्तन विमस्टेकका सात सहयोगका क्षेत्रमध्ये एउटा महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै पर्वतीय पर्यावरण सन्तुलनमा राख्नका लागि विमस्टेकले काम गरिरहेको बताउनुभयो । उहाँले संस्कृति, पर्यटन र भिसा सम्बन्धी विषयमा जनस्तरको सम्बन्धको क्षेत्रमा नेपालले नेतृत्वदायी र महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार