असार २९, २०८२ आइतबार July 13, 2025

दुई विद्यार्थीका लागि तीन शिक्षक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हुम्ला, जेठ ९ गते । उत्तरी हुम्लाको एक विद्यालयमा दुई जना विद्यार्थीको पढाइका लागि तीन जना शिक्षक कार्यरत रहेका छन् । नाम्खा गाउँपालिका–५ को यारी गाउँको अरनिको प्राथमिक विद्यालयको अवस्था यस्तो रहेको छ ।

विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरीले प्राथमिक तहको विद्यालयमा दुई जना विद्यार्थी रहेको र आफूसहित तीन जना शिक्षक रहेको जानकारी दिनुभयो ।

तीन जना शिक्षकमा दुई जना प्रावि तहका दरबन्दीका शिक्षक छन् भने एक जना बालविकासको सहजकर्ताका रूपमा रहनुभएको छ । कक्षा ५ सम्म पठनपाठन हुने उक्त प्राविमा कक्षा १ देखि ५ मा अध्ययन गर्ने विद्यार्थी भने हाल छैनन् । यो विद्यालयबाट बालविकासको पढाइ सकिएलगत्तै अभिभावकले अरू विद्यालयमा सार्ने भएकाले सो विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको हो । गत वर्षसम्म सात जना विद्यार्थी थिए तर यो पटक भने सङ्ख्या घटेर दुई जनामा सीमित भएको छ ।

यसरी विद्यालय खाली हुने गरी विद्यार्थी अरू विद्यालयमा नपठाउन अभिभावकलाई धेरै पटक आग्रह गर्दा पनि नमानेको प्रधानाध्यापक चौधरीले बताउनुभयो । नाम्खा गाउँपालिका शिक्षा शाखाका प्रमुख मनराज बुढाले विद्यालय छोड्ने समस्या गाउँपालिकाभरि भएको र बढी अरनिको प्राविमा देखिएको बताउनुभयो । उक्त विद्यालयलाई समायोजन गर्न पनि कठिन भएका कारण जति विद्यार्थी भए पनि तत्काल समायोजन गर्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो ।

अभिभावकमा आफ्ना बालबच्चालाई विद्यालयमा भन्दा पनि गुम्बामा पढाउन उपयुक्त ठान्ने भएको कारण पनि समस्या आएको उहाँले बताउनुभयो । उक्त विद्यालयमा भौतिक संरचना भने राम्रो रहेको छ । अझ गत वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट दुईकोठे भवन निर्माण गरिएको थियो । यसअघि पनि विद्यालयसंग भएका तीन वटा भवनको अवस्था पनि राम्रै रहेको छ । नाम्खा गाउँपालिकामा विद्यार्थी नभएरै यसअघि लिमीका दुई वटा विद्यालय बन्द भइसकेका छन् । गोप.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार