असार २२, २०८२ आइतबार July 6, 2025

पुष्प मेलामा ५० लाख बढीको कारोवार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, बाह्रौ गोदावरी पुष्प मेलामा ५० लाखको कारोवार भएको छ ।
नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भीड लागेको आयोजकले जनाएको छ ।

मेलाको तेस्रो दिन शुक्रबार साँझसम्ममा ३९ हजारभन्दा बढीले अवलोकन गरेका छन् । प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष राखिएका छन् । मेला आज आइतबार सकिँदैछ ।

प्रदेश नं ३ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरेको हो ।

‘रोपेर पूल गोदावरी सजाआँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ शुरु भएको प्रदर्शनीमा सबैभन्दा बढी गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूल बढी बिक्री भएको मेला संयोजक मीनबहादुर तामाङले जानकारी दिनुभयो ।
नेपाल निजी नर्सरी स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पुष्प व्यवसाय गत आर्थिक वर्षको अन्त्यसम्ममा ४३ जिल्लामा विस्तार भएको छ ।

आव २०७४÷७५ सम्म आइपुग्दा ६९७ व्यवसायीले पुष्प व्यवसाय गरिरहेका छन् । सो व्यवसायले आव २०७४÷७५ मा रु एक अर्ब ८६ करोड बढीको कारोवार गरेको संयोजक तामाङको दाबी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार