असार २९, २०८२ आइतबार July 13, 2025

बुद्ध जयन्तीमा किड्स जोनका विद्यार्थीले गरे गुम्बाको सरसफाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अत्तरिया । कैलालीको अत्तरियामास्थित किड्स जोन एकेडेमीका विद्यार्थीले गोदावरीमा रहेको बौद्ध गुम्बाको सरसफाइ गरेका छन्। बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बुधबार विद्यार्थीहरूले गोदावरीमा रहेको बौद्ध गुम्बाको सरसफाइ गरेका हुन्।

विद्यालयले कक्षा २ र ३ का विद्यार्थीलाई बौद्ध गुम्बामा अध्ययनका लागि लगेको थियो। गुम्बामा केही समयको अध्ययन पश्चात विद्यार्थीले सरसफाइ गरेको विद्यालयका सञ्चालक मदन जोशीले बताए।

उनले भगवान गौतम बुद्धको जीवनयात्रा, बुद्धसँग सम्बन्धित विभिन्न विषयवस्तु र बौद्ध धर्मको बारेमा विद्यार्थीलाई ज्ञान प्रदान गर्ने उद्देश्यलका साथ विद्यार्थीलाई गुम्बा अवलोकनका लागि लगिएको बताए।

विद्यार्थीहरूले गुम्बाका लामाबाट भगवान गौतम बुद्ध र र बौद्ध धर्मको बारेमा जानकारी लिएका थिए।

विद्यार्थीहरूले एक साथ दुई वटा ज्ञान प्राप्त गरेको उनको भनाइ छ। भगवान गौतम बुद्धका बारेमा ज्ञान प्राप्त गर्नुका साथै हाम्रा सम्पदा सफा राख्नुपर्छ भन्ने ज्ञानसमेत विद्यार्थीले प्राप्त गरेको उनको भनाइ छ। जोशीले आगामी दिनमा पनि यस्ता खाले क्रियाकलाप गर्दै अगाडि बढ्ने बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार