असार २९, २०८२ आइतबार July 13, 2025

तीन घण्टा उकालो हिँडेर विद्यालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङ, जेठ २२ गते  ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङ कर्चुन्डे र तित्रीबोटका बालबालिका तीन घण्टा हिँडेर विद्यालय जान बाध्य छन् । कर्चुन्डे र तित्रीबोटका बालबालिका तीन घण्टा उकालो हिँडेर श्रीमावि बाँसबोटेमा अध्ययन गर्दै आएका छन् ।

कक्षा १ देखि कक्षा १२ सम्मको अध्ययनका लागि कर्चुन्डे र तित्रीबोटका विद्यार्थी बिहान ७ बजे पढ्न निस्किन्छन्, साँझ ६ बजे पछि मात्र घर आइपुग्ने गरेका छन् । बिहान र साँझ दैनिक उकालो ओरालो गर्दा ससाना बालबालिकालाई सकस भइरहेको छ । लफ्याङको सबैभन्दा पुछारमा रहेको कर्चुन्डे गाउँमा छ घर र तित्रीबोटमा चार घरको बसोबास छ ।

हाल कर्चुन्डेका नौ जना र तित्रीबोटका दुई जना विद्यार्थी श्रीमावि बाँसबोटेमा अध्ययनरत छन् । कर्चुन्डेका अनमीका राई कक्षा १२, सुशील राई कक्षा ८, सुपिन्द्र भुजेल, सरगम राई, व्रिmस्टिना राई, प्रज्वल राई र रिया राई कक्षा ६, रितु भुजेल र रिदम राई कक्षा ३ मा अध्ययनरत छन् । यस्तै तित्रीबोटका आइस्का राई कक्षा ७ र आकाश राई कक्षा ३ मा अध्ययनरत छन् । विद्यालय जान र आउनमै विद्यार्थीको दिन बित्ने गरेको छ ।

कक्षा ६ सम्मका बालबालिकाले विद्यालयमा नै दिवा खाजा पाउँछन् । त्योभन्दा माथिल्लो कक्षाका कतिपय विद्यार्थी खाजा बोकेर विद्यालय जाने गरेका छन् । कर्चुन्डे र तित्रीबोटका स्थानीयले गाउँमै विद्यालय बनाउन पहल नगरेका भने होइनन्  तर बस्ती थोरै भएका कारण गाउँमा विद्यालय खोल्न सम्भव नभएको स्थानीय धनकुमार राईले बताउनुभयो ।

विद्यालयको विकल्पमा कर्चुन्डेमा २०६८ सालमा तिटाक बालविकास केन्द्र स्थापना गरिएको छ । तित्रीबोट, टाकुरे र कर्चुन्डेको नामबाट नामकरण गरिएको सो बालविकास केन्द्रमा पाँच जना बालबालिका अध्ययनरत छन् । नजिकै रहेको जरुवाका विद्यार्थीसमेत घण्टौँ उकालो हिँडेर श्रीमावि बाँसबोटे जाने आउने गरेका छन् । राजकुमार भट्टराई/गोप

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार