असार २८, २०८२ शनिबार July 12, 2025

विद्यार्थीले जलाए कोशी प्रदेश योजना आयोगको गाडी

प्रहरीले अभद्र व्यवहारको मुद्दामा कारबाही अघि बढाएको भन्दै विद्यार्थीहरूले गाडी तोडफोड गरी आगजनी गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् ।

आइतबार बिहान विद्यार्थीहरूले क्याम्पस अगाडि सडकमा गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा तोडफोड गरी आगजनी गरेका हुन् ।

रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरी माथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।

प्रहरीले अभद्र व्यवहारको मुद्दामा कारबाही अघि बढाएको भन्दै विद्यार्थीहरूले गाडी तोडफोड गरी आगजनी गरेको हो ।

विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया