असार २८, २०८२ शनिबार July 12, 2025

कपिलवस्तुका ३ नगरपालिका क्षेत्रभित्रका बिद्यालय फेरी गर्मी बिदा

गर्मी निरन्तर बढ्दै गए पछि पठनपाठनमा समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गर्मी अत्यधिक बढ्दै गए पछि पठनपाठनमा समस्या आएको भन्दै कपिलवस्तुका ३ नगरपालिकाले फेरी विद्यालय बन्द गरेको छ । कपिलवस्तुको कपिलवस्तु, शिवराज र बाणगंगा नगरपालिकाले ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हो।

यस अघि जेठ १५ देखि १८ गते सम्म विद्यालयमा गर्मी बिदा दिइएको थियो । जिल्लाका अन्य ७ स्थानीय तहले समेत गर्मी बढे पछि विद्यालय बन्द गर्ने बारे छलफल चलेको बताएका छन ।

ती तीन पालिकाले सुचना जारी गर्दै जेठ ३२ गते सम्मका लागि विद्यालयमा बिदा दिएको जानकारी दिएका छन । कपिलवस्तु नगरपालिका शिक्षा शाखाका प्रमुख हरि प्रसाद ज्ञवालीले गर्मी निरन्तर बढ्दै गए पछि पठनपाठनमा समस्या आएकाले विद्यालय थप ३ दिन बिदा दिइएको बताए । जिल्लाका अधिकांश विद्यालयमा टिनको छानो भएको र बिद्युत् समेत अनियमित हुने गरेको छ ।

जसले गर्दा गर्मीमा पठनपाठनमा समस्या आउने गरेको शिक्षकहरू बताउँछन् । कपिलवस्तुका नगरपालिका– ६ स्थित जलवायु मापन केन्द्र रामनगरका अनुसार जेठ दोश्रो साता यता जिल्लाको तापक्रम ४० सेल्सीयस पुगेको छ । गर्मीका कारण साना बालबालिकाहरू कक्षा कोठा मै निदाउने, अर्धचेत हुने समस्या बढेको शिक्षकहरू बताउँछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया