असार २८, २०८२ शनिबार July 12, 2025

राजाराम मोहन क्याम्पसका प्रमुख कुशवाहामाथि गोली प्रहार

घटनापछि जिल्लाको सुरक्षा व्यवस्था कडा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बारा, जेठ ३२ गते। राजाराम मोहन बहुमुखी क्याम्पस कलैयाका प्रमुख  रविभुषण प्रसाद कुशवाहामाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।

शुक्रबार साँझ करिब साढे ५ बजे बाराको आदर्श कोतवाल गाउँ पालिका–३ बातरा हुँदै मोटरसाइकलमा कलैया आउने क्रममा अज्ञात समूहले उहाँलाई पछाडिबाट गोली हानेको प्रहरीले बताएको छ।

गोलीबाट गम्भीर घाइते कुशवाहाको वीरगंज स्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार भइ रहेको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो।

घटनापछि जिल्लाको सुरक्षाको व्यवस्था कडा पारिएको तथा अपराधी भाग्न नदिन सीमा क्षेत्रमा प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया