असार २८, २०८२ शनिबार July 12, 2025

शिक्षा मन्त्रालयले ३-३ महिनामा एनओसी लिनेको तथ्यांक सार्वजनिक गर्ने

एनओसी लिने विद्यार्थीको तथ्यांक हरेक तीन महिनामा मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक तीन महिनामा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको तथ्यांक सार्वजनिक गर्ने भएको छ ।

एनओसी शाखाका अनुसार अब एनओसी लिने विद्यार्थीको तथ्यांक हरेक तीन महिनामा मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक हुनेछ ।

एनओसीको तथ्यांक र अध्यागमन विभागको तथ्यांक फरक-फरक भएको भन्दै गत वैशाखमा मन्त्रालयको उच्च शिक्षा महाशाखाले एनओसी जारी भएको तथ्यांक मन्त्रालयलाई मात्रै उपलब्ध गराउन निर्देशन दिएको थियो ।

महाशाखाले शाखालाई एनओसीको तथ्यांक मन्त्रालयमा पठाउन र तथ्यांक माग गर्नेलाई मन्त्रालयले प्रवक्तामार्फत उपलब्ध गराउने भनेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया