असार, ६ गते काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको हो ।
बोर्डले पहिलो पटक मितिसहितको तालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वार्षिक कार्यतालिका अनुसार कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण २०८१ कात्तिक १ देखि कात्तिक मसान्तसम्म गरिनेछ।
त्यस्तै कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने २०८१ कात्तिक २६ गतेदेखि पौष ७ गतेसम्म हुनेछ ।
शैक्षिकसत्र २०८१ को माद्यामिक शिक्षा परिक्षा (एसईई) को वार्षिक परीक्षा २०८१ चैत ७ गतेदेखि संचालन हुने जनाएको छ । भने परीक्षाको नतिजा २०८२ असार ६ गतेभित्र सार्वजनिक गर्ने भएको छ । साथै पुरक परीक्षा साउन १९ र २० गते सञ्चालन गर्ने र भदौं २० गते भित्र सार्वजनिक गरिने जनाएको छ ।
एसईई – २०८१
रुटिन – माघ १ गते !
परीक्षा – चैत ७ गतेदेखि !!
नतिजा – २०८२ असार ६ गतेभित्र !!!
पूरक परीक्षा – २०८२ साउन १९ र २० गते !!!!
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया