असार २८, २०८२ शनिबार July 12, 2025

अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बाहिरा तथा सुस्त श्रवण र बौद्धिक अपाङ्गश्रोत कक्षा संचालनमा सहजता ल्याउनका लागि शैक्षिक सामग्री वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिमरा । नेपाल अपाङ्ग सेवा संघ, बाराद्वारा सञ्चालित स्रोत कक्षामा अध्ययनरत अपाङ्गता भएका बालबालिकाहरुलाई छत्रलक्ष्मी–रुद्रलाल स्मृति प्रतिष्ठानले पानीको बोटलसहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ ।

नेपाल अपाङ्ग सेवा संघ बाराको व्यवस्थापनमा सिमरामा संचालित बाहिरा तथा सुस्त श्रवण र बौद्धिक अपाङ्गश्रोत कक्षा संचालनमा सहजता ल्याउनका लागि शैक्षिक सामग्री वितरण गरेको प्रतिष्ठानका अध्यक्ष शान्तलाल मुल्मीले बताए ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ मा संचालित एक मात्र श्रोत कक्षा सरकारी उपेक्षाका कारण प्रभावकारी बनाउन नसकिएको अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेले बताए ।

स्रोतकक्षामा ३५ जना बहिरा तथा सुस्त श्रवण र बौद्धिक अपाङ्ग विद्यार्थीहरु अध्ययनरत रहेको र स्रोत तथा पूर्वाधारको अभावमा कक्षा ६ सम्ममात्र सञ्चालनमा रहेको र माथिल्लो कक्षा अध्ययन गराउन चितवन पठाउनुपर्ने बाध्यता रहेको जानकारी उनले दिए ।

अपाङ्ग बालबालिकामैत्री भौतिक संरचना, खेलकुद र मनोरञ्जनका सामग्रीको उपलब्धता पनि नभएकोले बालबालिकको पठनपाठन र क्षमता विकासमा समस्या भएको विद्यालयले जनाएको छ ।

१० जना बहिरा बालबालिकाको लागि २ जना, ८ जना सुस्त श्रवणका लागि २ जना सहयोगी शिक्षकको आवश्यकता हुने भए पनि सो स्रोत केन्द्रमा शिक्षक र सहयोगीको अभाव पनि उत्तिकै रहेको छ ।

सो अभावलाई केही भए पनि राहत होस् भनेर सहयोग प्रदान गरेको छत्रलक्ष्मी रुद्रलाल स्मृति प्रतिष्ठानका अध्यक्ष मुल्मीले बताए ।

प्रतिष्ठानका तर्फबाट तीर्थमाया मुल्मी, पूर्ण दुवाल, रत्ना चवाल, बुद्ध घलानलगायतले अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया