असार २८, २०८२ शनिबार July 12, 2025

भ्याली भ्यु स्कुलको कक्षा ५ का विद्यार्थीद्वारा मानवसेवा आश्रमलाई आर्थिक सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौंको मध्यबानेश्वरस्थित भ्याली भ्यु स्कुल, कक्षा ५ मा अध्ययनरत १ सय ३४ जना छात्रछात्राले नागार्जुन नगरपालिकास्थित रानीबारीको मानवसेवा आश्रममा सहयोग गरेका छन्। विद्यार्थीहरूले आश्रममा स्थलगत भ्रमण गरी त्यहाँ रहेका असहाय, रोगी तथा पीडित मानवहरूलाई सहयोग गरेका हुन्।

उनीहरूले फजुल खर्च नगरी आफूले बचाएको २५ हजार ५५ रुपैयाँ मिलेर सहयोग गरेका हुन्। स्वेच्छिक रूपमा आश्रममा आश्रितहरूको भोजन कोषका लागि रकम हस्तान्तरण गरिएको विद्यार्थीहरूले जनाएका छन्।

भ्याली भ्यु स्कुलको सामाजिक अध्ययन विभागले ‘मानवसेवा’ शीर्षकको शिक्षण सिकाइ क्रियाकलापअन्तर्गत उक्त भ्रमण एवम् सहयोग हस्तान्तरण  कार्यक्रम सम्पन्न गरेको प्राथमिक तह संयोजक सुशीला शर्माले जानकारी दिइन्।

प्रयोगात्मक तरिकाले गरिएको शिक्षण सिकाइबाट बालबालिकालाई गहिरो र दिगो प्रभाव परेकोमा विषय शिक्षकको नाताले आफूलाई निकै सन्तुष्टि मिलेको शिक्षिका हिमा बाँस्तोलाले प्रतिक्रिया दिइन्। मानवसेवा आश्रमका स्वयंसेवक तथा अधिकारीहरूले बालबालिकाहरूलाई आश्रमभित्रका विविध गतिविधिबारे औपचारिक जानकारी दिएका थिए।

यस किसिमका अभ्यासले आदर्श तथा नैतिकवान् नागरिक निर्माणमा सहयोग पुग्ने विद्यालयका प्राचार्य सुभाषचन्द्र भण्डारीको विश्वास छ। अशक्त र बेसहाराहरूलाई सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाको विकासको बिजारोपण आजका साना बालबालिकाको मन-मस्तिष्कमा गराउन सके  समयसापेक्ष शैक्षिक मर्म सार्थक हुनेभएकाले विद्यार्थीहरूका लागि अभिभावकवर्ग समेतको हौसलायुक्त सहयोगमा सबैलाई सामाजिक उत्तरदायित्व बोध गराउने किसिमको कार्यक्रमको आयोजना गरिएको उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार