असार २३, २०८२ सोमबार July 7, 2025

तालिबानको आक्रमणमा ६ जना अफगान सुरक्षाकर्मीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा शनिबार राति तालिबान समूहले गरेको आक्रमणमा कम्तीमा ६ जना अफगान सुरक्षाकर्मीको मृत्यु भएको छ ।

टोलो न्यूजका अनुसार तालिबानी लडाकूले इमाम साहिब जिल्लामा सुरक्षाकर्मीको जाँच चौकीमा आक्रमण गरेका थिए । सुरक्षा स्रोतका अनुसार जाँच चौकीमा सुरक्षाकर्मीको संख्या बढाएसँगै तालिबान विद्रोहीहरु फरार भएका थिए ।

सुरक्षा स्रोतका अनुसार सरकारी फौजको प्रत्याक्रमणमा ४ जना तालिबान लडाकू मारिएका छन् भने केही घाइते भएका छन् । तर यस विषयमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया