असार २८, २०८२ शनिबार July 12, 2025

एसइई पुरक परीक्षा दिने विद्यार्थीलाई निःशुल्क कक्षा सञ्चालन

सबै विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन अध्यक्ष ओलीको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसइईको पुरक परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्न लागेको बताउनुभएको छ ।

एमाले भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको एसइईमा ३ दशमलव ६ जिपिए र सोभन्दा माथि नतिजा ल्याउने विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अबको केही दिनभित्र विषयविज्ञ शिक्षकबाट मुख्य विषयको अनलाईन कक्षा सञ्चालन गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले सबै विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन आग्रह गर्दै दक्ष र अनुभवी शिक्षकबाट निःशुल्क रुपमा आफूले कक्षा सञ्चालनको व्यवस्था गरेको जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले एसइईमा उत्तीर्ण भएका विद्यार्थीलाई बधाई तथा शुभकामना दिदै असफल भएका विद्यार्थीलाई फेसबुक पेजमा गएर आवश्यक जानकारी लिन समेत विद्यार्थीलाई आग्रह गर्नुभयो ।

उहाँले अभिभावकको चाहानामाभन्दा विद्यार्थीको रुचिको आधारमा विषय छनोट गरेर पढ्न सुझाव दिनुभयो । नेपालीहरु बिद्वानहरुका पुर्खा रहेको भन्दै अध्यक्ष ओलीले प्रचारप्रसारको कमीले नेपाली बिद्वानहरु ओझेलमा परेको बताउनुभयो ।

अध्यक्ष ओलीले ऋषिमुनीहरुले यही भूमिबाट अध्ययन र अनुसन्धान गरेको बताउँदै नेपाल ज्ञानको भूमि भएको र अहिलेको पुस्ताले नेपालमै सम्भावना देख्नका लागि सुझाव दिनुभयो ।

अध्यक्ष ओलीले मुख्यगरी अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा धेरै विद्यार्थी एसइई परीक्षामा अनुत्तीर्ण भएको र अहिले अनुत्तीर्ण भए पनि पुरक परीक्षामा धेरै परीक्षार्थीलाई सफल बनाउने गरी निःशुल्क अनलाईन कक्षा सञ्चालन गर्ने तयारी भएको भन्दै त्यसमा जोडिन आग्रह गर्नुभयो ।

उहाँले मौका परीक्षालाई लक्षित गरी आफ्नो फेसबुक पेज र अनलाईनमार्फत कक्षा सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले शिक्षकहरुमा आफुभित्र भएको ज्ञान प्रदान गर्ने सिप र सिकाई कला नहुँदा पनि धेरै विद्यार्थी असफल हुने भएकाले शिक्षकलाई पनि सिकाई प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

अनेरास्ववियूले एसइई परीक्षामा जिपिए ४ ल्याएर उत्तीर्ण भएका रुपन्देहीको सैनामैना नगरपालिका ६ स्थित रामापुर माध्यमिक विद्यालयका विद्यार्थी कृतिम भट्टराई र बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसँगै रुपन्देहीका सामुदायिक विद्यालयबाट ए प्लस ल्याएर उत्तीर्ण भएका एक हजार २ सय २८ जना विद्यार्थीलाई सम्मान गरेको छ । छविलाल पाण्डे

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार