श्रावण १८, २०८३ सोमबार August 3, 2026

आज ४६८ जना कोरोना सङ्क्रमितका नयाँ बिरामी थपिए, १२१ जना निको भएर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो चाैविस घण्टायता नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

आज कोरोना संक्रमित पुष्टि हुनेहरुमा  ३ सय ६४ जना पुरुष र  १ सय १२ जना  महिला रहेका छन् । यो सँगै हालसम्म संक्रमितमध्य महिला १ हजार ५ सय ८६ र पुरुष ११ हजार ६ सय ६२ छन् ।

पछिल्लो २४ घण्टामा १२१ जना कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये १३ जना महिला र १०८ जना महिला छन् । हालसम्म २६६ जना महिला र २८६६ जना पुरुष गरी ३१३४ जना कोरोना निको भएर घर फर्किसकेको  प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

क्वारेन्टाइनमा ९७ हजार ३६८ र आइसोलेसनमा दशहजार ८५ जना रहेका छन् । यस्तै, काठमाडौं उपत्यकमा पनि कोभिड १९ को वृद्धि भएकाले घरबाट ननिस्किन स्वास्थ्य मन्त्रलायले आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया