असार २०, २०८२ शुक्रबार July 4, 2025

संघीय निजामती सेवा ऐनको मस्यौदा बहुमतले पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा ऐनको मस्यौदा प्रतिवेदन बहुमतले पास गरेको छ।

सत्तारुढ दलका केही सांसद र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले असहमति जनाएपनि विधेयक पास भएको हो । बैठकमा समितिका सभापति शशी श्रेष्ठले यसअघि नै तयार पारिएको प्रतिवेदन पारित भएको घोषणा गरेकी हुन् ।

कर्मचारी समायोजनको व्यवस्था, अवकाशको व्यवस्था, ट्रेड युनियन सम्बन्धि व्यवस्था, समावेशीको विषय र प्रदेश मन्त्रालयका सचिवका सम्बन्धमा भएका व्यवस्थामा मन्त्री त्रिपाठीले असहमति जनाएका छन् ।

मन्त्री त्रिपाठीले समितिले तयार पारेको मस्यौदाका आधा दर्जन जति विषयहरूमा आफ्नो असहमति रहेको दोहोर्‍याइरहेका थिए भने सांसदहरूले पनि यसअघि झैँ आ-आफ्नै रायहरू राखेर आज नै टुंगिन नसक्ने बताएपनि उक्त प्रतिवेदन समितिको बहुमत सदस्यले पारित गरेका हुन् ।

समायोजन भएका कर्मचारीलाई संघमा ल्याउने,  ४९ प्रतिशत आरक्षण र खसआर्यलाई आरक्षण दिने विषयमा मन्त्री त्रिपाठीको असहमति छ। समितिले प्रदेश मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पद प्रदेश निजामती सेवाअन्तर्गत हुने व्यवस्था पास गरेको छ। प्रदेश निजामती सेवा तयार नहुँदासम्म दुवै पदमा कर्मचारी संघीय सरकारले पठाउने बताइएको छ।

नेकपाका सांसदहरू झपट रावल, नवराज सिलवाल, विजय सुब्बालगायतको विधेयक प्रतिवेदनमा असहमति छ। प्रमुख प्रतिपक्षी दल कांग्रेस, समाजवादी र राजपालगायतका दलका सांसद पनि प्रतिवेदनका केही प्रावधानमा सहमत छैनन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार