श्रावण २, २०८२ शुक्रबार July 18, 2025

ट्रम्पको फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हट्यो

अमेरिकी राष्ट्रपति पदका उम्मेदवारहरू सबै फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरू जस्तै सामुदायिक मापदण्डहरूको अधीनमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । मेटाले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खातामाथिको प्रतिबन्ध हटाएको छ ।

२०२१ को जनवरी ६ मा अमेरिकी क्यापिटलमा आक्रमण गर्ने समर्थकहरूको प्रशंसा गरेपछि पूर्व अमेरिकी राष्ट्रपतिको फेसबुक र इन्स्टाग्राम खाताहरू २०२१ मा निलम्बन गरिएको थियो। यस मामिलामा ट्रम्पलाई पनि दोषी ठहर गरिएको थियो।

मेटाले एक ब्लगमा मेटाका सबै प्लेटफर्महरूमा ट्रम्पका ६० मिलियन भन्दा बढी फलोअरहरू रहेको उल्लेख गर्दै उनका एकाउन्टहरू २०२३ मा पुनर्स्थापित गरिएको भएपनि उनका एकाउन्ट थप निगरानीको अधीनमा रहेकोमा अहिले सबै प्रतिबन्ध हटाइएको जानकारी दिएको छ ।

मेटाले राजनीतिक अभिव्यक्तिलाई अनुमति दिनु आफुहरुको जिम्मेवारी भएको र अमेरिकीहरूले राष्ट्रपति पदका उम्मेदवारहरूबाट सुन्नको लागि समान अवसर पाउनुपर्ने उल्लेख गरेको छ ।

मेटाले भनेको छ- ‘अमेरिकी राष्ट्रपति पदका उम्मेदवारहरू सबै फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरू जस्तै सामुदायिक मापदण्डहरूको अधीनमा हुनेछन्, जसमा घृणायुक्त भाषण र हिंसालाई उक्साउने नीतिहरू समावेश छन् ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार