श्रावण २, २०८२ शुक्रबार July 18, 2025

इसेवाको मेरो डिजिटल देश अभियान : ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर

विदेशबाट आफूले इच्छाएको व्यक्तिको इसेवा वालेटमा रकम पठाउने व्यक्तिमध्येबाट गोला प्रथाद्वारा एक जनालाई उपहारस्वरूप प्रदान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। इसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको मेरो डिजिटल देश अभियान अन्तर्गत विदेशबाट इसेवा वालेटमा पैसा पठाउँदा काठमाडैंमा जित्ने घर योजना सार्वजनिक गरेको छ। २०८० असोज १ गतेबाट सुरू गरिएको यो योजना ३० कार्तिक २०८१ सम्मलाई थप गरिएको छ।

इसेवा मनि ट्रान्सफरले २ वर्षअघि डिजिटल कारोबार प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ मेरो डिजिटल देश अभियानको सुरुवात गरेको थियो। जस अन्तर्गत पूर्ण बहादुर श्रेष्ठ पहिलो वर्षको विजेता भई काठमाडौंमा घर जित्न सफल भएका थिए।

कम्पनीले फेरि हालै मात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई प्रदान गरिने घर सार्वजनिक गरेको छ। विदेशबाट आफूले इच्छाएको व्यक्तिको इसेवा वालेटमा रकम पठाउने व्यक्तिमध्येबाट गोला प्रथाद्वारा एक जनालाई कम्पनीले ललितपुर महानगरपालिका वडा नं ३ इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर बम्पर उपहारस्वरूप प्रदान गर्ने जनाएको छ।

अभियान अवधिभर इसेवा मनि ट्रान्सफर मार्फत इसेवा वालेटमा पैसा पठाउने व्यक्तिहरू यस बम्पर योजनामा स्वतः सहभागी हुनेछन्। घर सार्वजनिक तथा अभियान ४ महिनाको लागि थप गरिएको विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार