असार २०, २०८२ शुक्रबार July 4, 2025

माछापुच्छ्रे बैंकका अध्यक्ष र सञ्चालकद्वारा नक्कली भ्याट बिलबाट कर छली

रकम व्यवस्थापन गर्न कर्मचारीको खाता प्रयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पोखराका प्रतिष्ठित व्यापारी तथा पूर्वसांसद स्वर्गीय सूर्यबहादुर केसीका परिवार नक्कली भ्याट बिल प्रयोग गरी कर छली गर्ने कार्यमा संलग्न रहेको भेटिएको छ।

उनीहरूले आफ्नो स्वामित्वमा रहेका कम्पनीमा नक्कली फर्म तथा बिल प्रयोग गरेर राजस्व छली गर्ने र हिसाब मिलान गर्न कर्मचारीको खाता प्रयोग गर्ने गरेको पाइएको छ । विशेष गरी केसी कन्स्ट्रक्सनमा राजस्व छलीसम्बन्धी कार्य भएको देखिएको हो ।

रारा चाउचाउ तथा माछापुच्छ्रे बैंकका संस्थापक सूर्यबहादुर केसीको निधनपश्चात् उनको व्यवसाय छोराहरूले सञ्चालन गर्दै आएका छन् । स्वर्गीय केसीका छोराहरूले सञ्चालन गरिरहेको केसी कन्स्ट्रक्सनमा ठूलो परिमाणमा कर छली भएको विषयमा अनुसन्धान भइरहेको छ ।

कर छली गरी आर्जन गरेको रकमको व्यवस्थापन गर्न कन्ट्रक्सन कम्पनी र माछापुच्छ्रे बैंकका कर्मचारीलाई समेत संलग्न गराएकोे आशंका रहेको छ। विभिन्न जलविद्युत् परियोजना निर्माण गर्ने ठेक्का लिएको सो कम्पनीले लागत मूल्यभन्दा कयौं गुणा बढीको इस्टिमेट तयार गर्ने र सो इस्टिमेटको हिसाब मिलान गर्न निर्माण सामग्री आपूर्ति भएको भन्दै फर्जी कम्पनीबाट नक्कली बिल जारी गर्ने गरेको भेटिएको हो।

नक्कली बिलबापत केसी कन्ट्रक्सनमा जम्मा हुने रकम कर्मचारीका नाममा निकासा गरी आफूले फिर्ता लिने गरेको र यसमा माछापुच्छ्रे बैंकका कर्मचारीले सेटलमेन्ट गर्ने गरेको पाइएको छ। स्वर्गीय केसीका छोरा रोशन केसी तथा माहिली बुहारी बन्दना कार्कीको मिलेमतोमा श्री सुभा जगदम्बा ट्रेड कन्सर्न, मिसन ट्रेड लिंकलगायतका कयौं फर्जी कम्पनीबाट नक्कली भ्याट बिल बनाएर निर्माण लागत बढाइएको छ।

आफैं प्रवद्र्धक रहेका जलविद्युत् आयोजनामा समेत केसी कन्स्ट्रक्सनले निर्माण लागत बढाउन नक्कली भ्याट बिल प्रयोग गर्ने गरेको बताइएको छ। जसले गर्दा कम्पनीका साझेदार मात्रै होइन, सेयर बजारमा सूचीकृत कम्पनीमा सर्वसाधारण लगानीकर्ता पनि ठगिएका छन् ।

केसी परिवार भगवती हाइड्रोपावर डेभलपमेन्ट प्रालि, सिक्लेस हाइड्रोपावर प्रालि र गण्डकी हाइड्रोपावर प्रालिमा संलग्न छ। त्यसबाहेक हिमश्री फुड प्रालि र पोखरा बचत तथा सहकारी संस्थामा आबद्धता रहेको जनाइएको छ।

नेपाल समाचारपत्रलाई प्राप्त प्रमाणमा आर्थिक वर्ष २०७९/८० मा जारी गरिएका नक्कली भ्याट बिल र त्यसबाट प्राप्त भएको रकम माछापुच्छ्रे बैंकमा सञ्चालकसमेत रहेकी बन्दना कार्की र कर्मचारीहरू सान सुवेदी, दिना गुरुङ, वैकुण्ठराज सुवेदीलगायतलाई जारी गरिएको चेकमार्फत् भुक्तानी भएको छ। उक्त कार्यमा माछापुच्छ्रे बैंकका अन्य कर्मचारीको खाता पनि प्रयोग गरिएको र केहीको कारोबारसमेत शंकास्पद देखिएको स्रोतको भनाइ छ ।

माछापुच्छ्रे बैंकको सञ्चालक समितिका अध्यक्षमा रोशन केसी छन् भने कार्की सञ्चालक समिति सदस्य भएकाले नक्कली कारोबारको सेटलमेन्ट गर्न कर्मचारीलाई प्रयोग गरिएको स्रोतको भनाइ छ। केसी कन्ट्रसनले नक्कली भ्याट बिलबाट प्राप्त गरेको रकम नेपाल र भारतमा सञ्चालित बहुराष्ट्रिय निर्माण कम्पनीको सम्पत्ति शुद्धीकरणसमेत प्रयोग हुने गरेको अनुसन्धान देखिएको जनाइएको छ।

नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली भएको पुष्टि भएमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनअनुसार कायम भएको बिगोको शतप्रतिशत जरिवाना र ५ वर्षसम्मको कैद हुन सक्ने स्रोतले जनायो । आजको नेपाल समाचारपत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार
माछा मार्न गएका युवकलाई गोहीले मार्यो
२०८२ असार २०, शुक्रबार