काठमाण्डाैंः इजिप्टकी चर्चित बेली डान्सर साम एल मास्रीले सामाजिक सञ्जालमा उत्तेजित भिडियो अपलोड गरेपछि विवादमा परेकी छन् ।
त्यहाँको एक अदालतले मानिसहरूलाई दुर्व्यवहार र अनैतिक काममा उक्साउन प्रोत्साहन गर्ने खालको भिडियो पोस्ट गरेको आरोपमा उनी विरुद्ध तीन वर्ष जेल र ३० हजार पाउण्ड जरिवाना गरेको छ।
अप्रिलमा सामाजिक सञ्जालमा भिडियो र फोटोहरूको छानबिनको दौरानमा मास्री पक्राऊ परेकी थिइन्। उनले टिकटकमा एक भिडियो शेयर गरेकी थिइन्। उक्त भिडियो सार्वजनिक रूपमा मानिसहरूको उत्तेजना बढाउने राख्लको रहेको आरोप लगाइएको थियो। तर ती बेली डान्सरले उक्त आरोपको खण्डन गरेकी छन्। उनले आफूलाई निर्दोष रहेको समेत बताएकी छन्।
मोबाइलबाट चोरी भएको उक्त भिडियो बिना सहमति सार्वजनिक गरिएको उनको भनाइ छ। त्यहाँको एक अदालतले शनिवार उक्त भिडियो अनैतिकता फैलाउने उद्देश्यका साथ सार्वजनिक गरिएको बताएको छ। दोषीले इजिप्टको पारिवारिक सिद्धान्तहरू र मूल्य मान्यताहरूको उल्लंघन गरेको अदालतको ठहर छ।
अदालतको निर्णयमा त्यहाँका एक सांसदले स्वतन्त्रता र भ्रामक कुराबीच ठूलो भिन्नता रहेको बताएका छन्। केही महिलाहरूले सामाजिक सञ्जालमा यस्ता उत्तेजक भिडियो राखेर पारिवारिक मूल्यमान्यता बिगारिरहेको आरोप छ। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया